जिपको पहिलो इलेक्ट्रिक एसयूभी, यस्ता छन् विशेषता

जिपले नयाँ इलेक्ट्रिक एसयूभी एभेन्जर सार्वजनिक छ । कम्पनीले ल्याएको यो पहिलो ब्याट्री इलेक्ट्रिक भेइकल हो । यो युरोपमा डिजाइन गरिएको हो र युरोपेली देशका लागि बनाइएको हो । सो इलेक्ट्रिक एसयूभ पहिलो पटक पेरिस अटो शो २०२२ मा देखाइएको थियो ।

सो एसयूभीको डिजाइन जिपका अन्य एसयूभी जस्तै बनाइएको छ । यसको फ्रन्टमा जिपका अन्य एसयूभी जस्तै ग्रिल दिइएको छ, जसका कारण एसयूभीको लुक मस्कुलर देखिन्छ ।

यसमा १६ इन्चको अलोय ह्विल, साइडमा कालो क्लेडिङ, एक्स आकारको रियर एलईडी हेडलाइट, रुफ माउन्टेड स्पोइलर, रियर वाइपर, शार्क फिन एन्टेना, प्यानारोमिक सनरुफ दिइएको छ । साथै एसयूभीमा इन्टिग्रेटिभ डीआरएलसँगै एलईडी हेडलाइट सेटअप, बम्परमा फगल्याम्प, ठूलो एयर ड्याम, फ्रन्ट पार्किङ सेन्सर दिइएको छ ।

नयाँ ईभी एभेन्जरको इन्टेरियरमा १०.२५ इन्च इन्फोटेनमेन्ट टचस्क्रिन, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, १०.२५ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, पावर एड्जस्टेबल सिट, मल्टि कलर्ड एम्बियन्ट लाइटिङ, पावर्ड टेलगेट, लेभल–२ एडीएएस, ३६० डिग्री क्यामेरालगायत अन्य फिचर दिइएको छ ।

यसमा ५४ केडब्ल्युएच क्षमताको ब्याट्री प्याक दिइएको छ । जसले १५४ बीएचपी पावर र २६० एनएमको टर्क जेनेरेट गर्छ । यसको ड्राइभिङ रेन्ज ४०० किमी छ । सो एसयूभी फास्ट चार्जरबाट २४ मिनेटमा २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

जिपले भारतीय बजारमा ३ एसयूभी लन्च गर्ने

अमेरिकी कार निर्माता कम्पनी जिपले भारतीय बजारमा नयाँ मोडल ल्याउने तयारी...

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

नयाँ मापदण्डका कारण वन्द भएको जीप कम्पास पेट्रोल इन्जिनमा पुनः आउने

अमेरिकन अटो निर्माता जीपले आफ्नो लोकप्रिय एसयूभी कम्पसालाई पेट्रोल...

ग्राहकले पाउन थाले जीप मेरिडियन एसयूभी, एकैदिन ३ वटा हस्तान्तरण

ग्राहकले पाउन थाले जीप मेरिडियन एसयूभी, एकैदिन ३ वटा हस्तान्तरण

काठमाडौं– जीपको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...