केटीएमले ल्यायो सस्तो मूल्यको ३९० एड्भेन्चर, मूल्य कम गर्न फिचरमा कटौती

केटीएमले ३९० एड्भेन्चरको सस्तो भेरियन्ट ‘३९० एड्भेन्चर एक्स’ लन्च गरेको छ । कम्पनीले २ लाख ८९ हजार भारुमा यसलाई लन्च गरेको हो । जुन यसअघि विक्री हुने ३९० एड्भेन्चरको तुलनामा ५८ हजार भारु कम हो ।

कम्पनीले मोटरसाइकलमा रहेका विभिन्न फिचरहरू हटाएर कम मूल्यमा ३९० एड्भेन्चर एक्स ल्याएको हो । यो नयाँ भेरियन्टमा ट्रयाक्सन कन्ट्रोल, क्वीक सिफ्टर, कर्नरिङ एबीएस जस्ता फिचर हटाइएको छ । यसैगरी टिएफटी डिस्प्लेको सट्टा एलसीडी डिस्प्ले दिइएको छ भने ब्लुटूथ कनेक्टिभिटी, नेभिगेसन, ड्राइभ इन्फर्मेसन लगायत फिचरलाई समेत हटाएको छ ।

यो नयाँ भेरिएन्टको इन्जिनमा भने कुनै परिर्वतन गरिएको छैन । यसमा यसअघिको ३७३ सीसी अत्याधुनिक डीओएचसी सिंगल सिलिन्डर, ईएफआइ इन्जिनलाई निरन्तरता दिइएको छ । यसमा जडान गरिएको सो डीओएचसी ईन्जिनले ४३ बीएचपी पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ । वाइकमा ६ स्पिड गियरवक्स दिइएको छ ।

केटीएमको यो नयाँ भेरिएन्टले रोयल इन्फिल्ड विएमडव्लू र सजुकीको एड्भेन्चर वाइकसंग सिधा प्रतिस्पर्धा गर्ने देखिएको छ । यो नयाँ वाइक अवको केही समयपछि नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

२०२४ मोडलको केटीएम ३९० एड्भेन्चर नेपालमा, खुल्यो प्रि–बुकिङ

२०२४ मोडलको केटीएम ३९० एड्भेन्चर नेपालमा, खुल्यो प्रि–बुकिङ

काठमाडौं – नेपाली बजारमा २०२४ मोडलको केटीएम ३९० एड्भेन्चर मोटरसाइकल...

एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’

एक रोमाञ्चक र सफल अनुभवका साथ सम्पन्न भयो ‘केटीएम एड्भेन्चर डे विथ २५० एड्भेन्चर’

काठमाडौं – नेपालका लागि केटीएम बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द...

लन्चिङ समयमै एकै पटक ५० युनिट बिक्री गरेको जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट

लन्चिङ समयमै एकै पटक ५० युनिट बिक्री गरेको जेन ३ केटीएम ड्युक २५० सोल्ड आउट

काठमाडौं – केही दिन पहिले मात्र बिक्री प्रारम्भ गरेको नयाँ थर्ड जेनेरेसन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...