क्यास्ट्रोलको मासिक लक्की ड्र सार्वजनिक, भडेलले मोटरसाइकल र अन्य धेरैले पाउने भए यी पुरस्कार

काठमाडौं – क्यास्ट्रोल लुब्रिकेन्टको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नले ल्याएको ‘खरिद १ मौका ३’ स्किम अन्तर्गत पहिलो महिनाको लक्की ड्र सम्पन्न भएको छ । एक कार्यक्रमका बीच विभिन्न सञ्चारकर्मी र व्यवसायीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नको आधिकारिक फेसबुक पेज र अन्य केही पेजमा समेत लाइभ गरिएको सो कार्यक्रम अन्तर्गत काठमाडौंको अवाई अटोका सूर्य बहादुर भडेलले होन्डा युनिकर्न मोटरसाइकल लक्की ड्रमार्फत प्राप्त गरे । नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका म्यानेजिङ डाइरेक्टर ज्ञानप्रसाद कर्माचार्यले निकालेको लक्की ड्रमार्फत भडेलको कुपन नम्बरले सो मोटरसाइकल प्राप्त गरेको हो ।

त्यसैगरी श्रीदिप अटो सेन्टरका राजेन्द्रमान श्रेष्ठले सिम्फोनी जम्बो ४१ लिटर एयर कुलर र आरके अटोमोबाइल ट्रेडर्सका उज्वल केसीले एलजी २५८ लिटर डबल डोर रेफ्रिजेरेटर पाए । त्यसैगरी सम्पदा अटो पार्ट्सका विजय अधिकारीले ५५ इन्चको साओमी स्मार्ट टीभी पाए ।

त्यसैगरी ३ जनाले टोटल हाई प्रेसर वासर, ४ जनाले डल्फिन प्लास्टिक टेबल ४ चेयर सेट, ५ जनाले सीजी २००० वाट इन्डक्सन कुकटप, ६ जनाले बाल्ट्रा जेट स्ट्यान्ड फ्यान र ८ जनाले यासुडा १.८ लिटर राइस कुकर पाए ।

यी वाहेक १० जनाले डेउ लिथियम कर्डलेस स्क्रु ड्राइभर सेट र अर्को १० जनाले सीजी १.८ लिटर केटल प्राप्त गरे ।

क्यास्ट्रोल लुब्रिकेन्ट प्रयोग गर्ने रिटेलरहरुका लागि कम्पनीले ल्याएको खरिद १, मौका ३ अन्तर्गत हरेक पेल तथा कार्टुनको खरिदमा मौका १ अन्तर्गत हात खाली नहुने स्क्र्याच कुपन पाइन्छ । यसमा १११ देखि १ लाख ११ हजार १११ रुपैयाँ सम्मको नगद रकम पाइन्छ ।

त्यसैगरी मौका २ अन्तर्गत हरेक महिना हुने लक्की ड्रमा सहभागी भई हरेक महिना मोटरसाइकल सहित ५० विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त हुनेछ ।

मौका ३ अन्तर्गत सोही कुपनबाट बम्पर लक्की ड्रमा सहभागी भई निसान म्याग्नाइट गाडी, मोटरसाइकल सहित अन्य १०० विभिन्न आकर्षक उपहारहरु जित्ने मौका प्राप्त हुनेछ । छैटौं महिनामा सो बम्पर लक्की ड्र सार्वजनिक गरिने छ ।

नेपाल ओभरसिज ट्रेडिङ कन्सर्नका चिफ मार्केटिङ अफिसर अमरज्योति रञ्जितले यो कार्यक्रममा सहभागी हुन सबै रिटेलरहरुलाई आग्रह गर्दै आगामी दिनमा थप सहभागी संलग्न रहने अपेक्षा गरे । सरकारी नियम अनुसार निश्चित प्रतिशत कर तिर्ने गरी आगामी दिनमा विजयी रिटेलरहरुलाई पुरस्कृत गरिने उनले जानकारी दिए ।

सम्बन्धित समाचारहरू

पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड आयोजना हुने

पेट्रोनस स्प्रिन्टा – चाइ पकौडा ब्रेकफास्ट राइड आयोजना हुने

काठमाडौं – बतास समुह अन्र्तगत त्रिथुङ्गा ट्रेडिङ प्रालि र पेट्रोनस...

भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलर र कर्मचारी सम्मानित

भिडोल र नेपाल गोल्ड लुब्रिकेन्टको डिलर मिट सम्पन्न, डिलर र कर्मचारी सम्मानित

काठमाडौं– ‘भिडोल’ र ‘नेपाल गोल्ड’ लुब्रिकेन्टको उत्पादक युनाइटेड...

भिडोल लुब्रिकेन्टको उत्पादन नेपालमै शुरु, अटोमोबाइल र उद्योगमा प्रयोग हुने सबै रेन्ज उपलब्ध हुने

भिडोल लुब्रिकेन्टको उत्पादन नेपालमै शुरु, अटोमोबाइल र उद्योगमा प्रयोग हुने सबै रेन्ज उपलब्ध हुने

काठमाडौं – विश्व प्रख्यात लुब्रिकेन्ट ब्रान्ड भिडोलले नेपालमै उत्पादन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...