हुन्डाईको नयाँ एसयूभीको नाम एक्सटर हुने, टाटा पन्चको प्रतिस्पर्धी बन्ने

हुन्डाईले छिट्टै एउटा सानो नयाँ एसयूभी एक्सटर ल्याउने भएको छ । कम्पनीले केही समय देखि नयाँ सानो गाडीको वारेमा चर्चा चलिरहेको भए पनि यसको वास्तविक नाम थाहा थिएन ।

हाल उपलब्ध भेन्यु भन्दा केही सानो साइजमा आउने सो नयाँ एसयूभीको नाम एक्सटर हुने जानकारी हालै सार्वजनिक भएको हो । यो कोरियामा बिक्री हुने क्यास्पर जस्तै हुनेछ । कम्पनीले यसको छोटो टिजर पनि सार्वजनिक गरेको छ । हुन्डाई एक्सटर अगस्ट महिनामा लन्च गर्ने सम्भावना छ ।

हुन्डाई एक्सटरको फ्रन्टमा स्प्लिट हेडलाइट सेटअप र एलईडी डीआरएल दिइनेछ । यसको डीआरएल एच प्याटर्नमा राखिनेछ । बोनेटमा क्यारेक्टर लाइन र साइड पार्टमा १५ इन्चको ड्युअल टोन अलोय ह्विल दिइनेछ ।

एक्सटरको इन्टेरियरमा इलेक्ट्रिक सनरुफ, कनेक्टेड कार टेक्नोलोजी, वायरलेस चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले सपोर्ट, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइनेछ ।

इन्जिनको लागि यसमा आई१० मा भएको १.२ लिटर नेचुरली एस्पिरेटेड पेट्रोल इन्जिन जडान गरिनेछ । दोस्रो विकल्पमा १.० लिटर टर्बो पेट्रोल इन्जिन दिने सम्भावना छ ।

सो मोडलले भारतमा टाटा पन्चसँग प्रतिस्पर्धा गर्नेछ । एक्सटर भविष्यमा सीएनजी विकल्प पनि ल्याउन सकिन्छ । साथै, यसको इलेक्ट्रिक मोडल पछि ल्याइनेछ ।

सम्बन्धित समाचारहरू

हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई कोना भयो १ लाख रुपैयाँले महंगो

हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बितरक लक्ष्मी इन्टरकन्टिनेन्टल...

आफ्नै ईभी ब्याट्री विकास र निर्माणमा जुट्यो हुन्डाई मोटर्स

आफ्नै ईभी ब्याट्री विकास र निर्माणमा जुट्यो हुन्डाई मोटर्स

हुन्डाईले आफ्नै ईभी ब्याट्री विकास र निर्माण गर्न नयाँ डेडिकेटेड प्लान्ट...

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

हुन्डाई कोनामा ८० हजार छुट, स्क्र्याच मार्फत १ लाख र बम्परमा एक्स्टर जित्न सकिने

काठमाडौं– हुन्डाई गाडीको नेपालाका लागि आधिकारिक वितरक लक्ष्मी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...