आज देखि टाटाको मेगा सर्भिस क्याम्प, प्यासेन्जर गाडीका लागि आकर्षक छुटको अफर
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले...
टाटा मोटर्सले भारतीय बजारमा ५ लाख वटा नेक्सन बिक्री–वितरण गर्न सफल भएको छ। कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो।
साढे पाँच वर्षको छोटो अवधिमै कम्पनीले उक्त सफलता हासिल गरेको हो। अझ उल्लेखनीय पक्ष भनेको ५ लाख मध्ये पछिका १ लाख केवल सात महिनामा बिक्री गर्न सफल भएको थियो।
हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडलको रुपमा स्थापित भएको छ। सन् २०२० मा फेसलिफ्टको आगमन पछि यसको वजार विस्तारले झन् तीव्र ढंगले अगाडि बढेको पाइन्छ।
नेक्सनमा १२ सय सीसीको रेभोट्रन पेट्रोल इन्जिन र १५ सय सीसीको रेभोटर्क डिजेल इन्जिन उपलब्ध छ। पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको पिक टर्कको क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको पिक टर्कको क्षमता छ। दुवैमा म्यानुअल ट्रान्समिसन स्ट्यान्डर्डको रुपमा र सिक्स स्पिड एटिएमको रुपमा रहेको छ।
नेक्सन एसयूभीले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यु, किया सोनेट, महिन्द्रा एक्सयूभी ३०० , निसान म्याग्नाइट र रेनो काइगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ।
यसमा टचस्क्रिन सिस्टम, सेमी-डिजिटल इन्स्ट्रयुमेन्ट कन्सोल, थ्री(स्पोक फ्ल्याट(बटम स्टेयरिङ व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन्।
सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले ग्लोबल एनसीएपीद्वारा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ। सो गाडीले बजारमा अग्रगति लिनुको पछाडि यो एक प्रमुख कारण भएको कम्पनीको भनाइ छ ।
नेक्सनको इलेक्ट्रिक संस्करण पनि बजारमा अग्रस्थानमा रहेको छ। नेक्सन ईभी हाल भारतको सबैभन्दा बढी बिक्री भइरहेको विद्युतीय गाडी हो।
यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने कम्पनीको योजना छ। सो नयाँ नेक्सन अटो एक्सपो २०२३ मा प्रदर्शन गरिएको कर्भ अवधारणामा आधारित हुनेछ।
काठमाडौं – टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले...
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
धनगढी – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...