जेडी पावर गुणस्तरमा दिपल एस०५ अग्र स्थानमा
काठमाडौं–दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...
चांगन अटो नेपालले नयाँ वर्ष २०८० लाई लक्षित गरी ‘नयाँ साल, साह्रै बब्बाल अफर’ सार्वजनिक गरेको छ । चांगन अटो नेपालले प्रिमियम सेडान ‘एल्सभिन र प्रिमियम पिकअप हन्टर लिन इच्छुक ग्राहकहरुका लागि यस अन्तर्गतको आकर्षक अफर सार्वजनिक गरेको हो । यो अफर २०८० बैसाख १ देखि शुरु भई २०८० बैसाख ३१ सम्मको लागि लागु हुनेछ ।
यस अफर अन्तर्गत चांगनको कुनै पनि सवारी साधनको खरिदमा ग्राहकले सिंगापुर र मलेसियाको ५ रात र ६ दिनको लागि वैदेशिक भ्रमण वा एप्पलको उत्पादन (आईफोन, आईवाच र एयर पोड) जित्न सक्ने छन् ।
यसका साथै चांगनको कुनै पनि सवारी साधनको खरिदमा ५० हजार रुपैयाँ सम्मको फेस्टिभ बोनस तथा स्क्र्याच कार्ड मार्फत ५० हजार रुपैयाँ सम्मको थप छुट पाउन सक्ने छन्।
यसैगरी आफ्नो कुनै पनि ब्रान्डको सवारी साधन साट्न इच्छुक ग्राहकले भने थप २ लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने छन् ।
चांगन अटो नेपालले टेस्ट राइड गर्ने ग्राहकलाई आकर्षक उपहार तथा हरेक हप्ता एक भाग्यमानी विजेतालाई १ रात र २ दिन को लागि नगरकोटमा होलिडे प्याकेजको व्यवस्था पनि मिलाएको छ।
चांगन अटो नेपाली बजारमा प्रवेश गरेको एक वर्ष भएसँगै विभिन्न उत्कृष्ट अफरहरु उपलब्ध गराउँदै आइरहेको छ ।
ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा अवस्थित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्छन् । यसका साथै www.changannepal.com मार्फत गाडीका वारेमा विस्तृत जानकारी लिनका साथ साथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सक्छन् ।
काठमाडौं–दिपल एस०५ ले जेडी पावर २०२६ चाइना गुणस्तर जाँचको प्युअर...
काठमाडौं– क्रिकेटको उमंग र विशिष्टताले भरिएको एउटा सुमधुर साँझ मनाउने...
थाइल्याण्ड इन्टरनेसनल मोटर एक्सपो २०२३ मा एउटै मोडलका लागि सबैभन्दा बढी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...