नयाँ कारको डेलिभरी लिन जाँदै हुनुहुन्छ, पहिले ५ चीजहरू जाँच गर्नुहोस्
नयाँ कार किनेर उत्साहित हुनुहुन्छ । त्यसो भए नयाँ कार डेलिभरी लिँदा केही...
भरतपुर – हालै सञ्चालमा आएको चितवन ड्राइभिङ स्कुलले दुईवटा आकर्षक अफर ल्याएको छ । नयाँ वर्षको अवसर पारेर स्कुलले ड्राइभिङ सिक्न चाहनेहरुका लागि प्रशिक्षणमा ३० प्रतिशत छुट दिने भएको छ ।
चितवन ड्राइभिङ स्कुलका सञ्चालक माधवप्रसाद अधिकारीका अनुसार ३० दिने, १५ दिने र ७ दिने कोर्षमा ३० प्रतिशत छुट दिइने छ । त्यस्तै, स्कुलमा सवारी चलाउन सिक्दै गरेको भिडियोले टिकटकमा सबैभन्दा बढी लाइक, कमेन्ट र शेयर पाउनेलाई नगद पुरस्कारको पनि व्यवस्था गरिएको छ ।
सर्वाधिक भ्युज, लाइक र कमेन्ट पाउने भिडियो मध्ये पहिलोलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ५ हजार रूपैयाँ नगद पुरस्कार दिइने उनले बताए । ३० प्रतिशत छुट र उत्कृष्ट टिकटक भिडियोलाई नगद पुरस्कार दिइने अफर वैशाख ३० गतेसम्म लागू हुने उनको भनाइ छ ।
स्कुलले लाइसेन्सका लागि अनलाइन फाराम भर्ने र नेपाल मेडिकल काउन्सिलमा दर्तावाला चिकित्सकले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरी निरोगिताको प्रमाणपत्र दिने सेवा पनि सुरू गरेको अधिकारीले जानकारी दिए ।
सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका, २०७४ अनुसार चितवनमा सो स्कुलले सञ्चालनको पहिलो अनुमति पाएको थियो । पाँच करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको स्कुल दुई बिघा क्षेत्रफलमा रहेको छ । स्कुलमा ड्राइभिङ प्रशिक्षण लिएका १५ जनाले विभिन्न वर्गको लाइसेन्स लिइसकेको र ८० भन्दा बढी सेवाग्राहीले प्रशिक्षण लिइरहेको उनको भनाइ छ ।
नयाँ कार किनेर उत्साहित हुनुहुन्छ । त्यसो भए नयाँ कार डेलिभरी लिँदा केही...
बस वा लामो दुरीमा चल्ने विभिन्न सवारी साधन चलाउँदा निकै नै होसियारीका साथ...
काठमाडौं – कुमारी बैंक लिमिटेड र गुर्जुधारा काठमाडौंस्थित भेइकल एकेडेमी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...