यी हुन् नेपाली बजारमा उपलब्ध सुरक्षित कार, जसले पाए क्र्यास टेष्टमा ५ स्टार रेटिङ

कार खरिद गर्नुअघि ग्राहकले लुक्स तथा डिजाइनको साथै सेफ्टि फिचरमा समेत विशेष ध्यान दिन थालेका छन् । कारमा उपलब्ध सेफ्टि फिचरले संभावित दुर्घटनाबाट निम्तिन सक्ने जोखिमलाई कम गर्न मद्धत गर्ने कारण पनि ग्राहकको रोजाइमा सुरक्षित कार पर्न थालेका हुन् । नेपाली बजारमा उपलब्ध विभिन्न व्रान्डका कारमध्ये भारतमा उत्पादन भएका केही कारमात्र सुरक्षाको मामलमा अव्वल ठहरिएका छन् । ग्लोवल एनक्यापले गरेको क्र्यास टेष्टमा उत्कृष्ट नजिता निकाल्न सफल यी कारले ५ स्टार रेटिङ पाएका छन् ।

स्कोडा कुसाक र फक्सवागन टाइगुन
यूरोपियन ब्रान्ड स्कोडा र फक्सवागनको एसयूभी कुसाक र टाइगुनले सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएका छन् । यी एसयूभीले एडल्ट अक्यूपेन्टमा कुल ३४ आंकमा २९.७१ र चाइल्ड अक्यूपमेन्टमा ४९ अंकमा ४२ पाउँदै सरक्षित कारमा दर्ज भएका हुन् । यी दुवै एसयूभी यो सेग्मेन्टमा लोकप्रिय मानिन्छन् । नेपाली बजारमा फक्सवागनलाई पूजा इन्टरनेश्नल र स्कोडालाई एमएडव्लू इन्टरप्राइजेजले आयत गरी कारोवार गरिरहेका छन् ।

टाटा नेक्सन र अल्ट्रोज
टाटाका कारहरु सुरक्षाको मामलमा उत्कृष्ट ठहरिँदै आएका छन् । नेपाली बजारमा उपलब्ध यो ब्रान्डका दुई कार नेक्सन र अल्ट्रोजले पनि सेफ्टि टेष्टमा ५ स्टार रेटिङ पाएका छन् । जसमध्ये नेक्सनले एडल्ट अक्यूपमेन्टमा १७ अंकमध्ये १६.०६ पाउँदै ५ स्टार रेटिङ पाएको छ भने चाइल्ड अक्यूप्मेन्टमा ४९ अंकमा २५ पाउँदै ३ स्टार रेटिङ पाएको छ ।

यसैगरी अर्को कम्प्याक्ट सेडान अल्ट्रोजले एडल्ट अक्यूप्मेन्टमा १७ अंकमा १६.१३ हाँसिल गरेर ५ स्टर रेटिङ पाएको छ भने चाइल्ड अक्यूप्मेन्टमा ४९ अंकमा २९ पाएर ३ स्टार रेटिङ हात पारेको छ । यी दुवै कार आ–आफ्नो सेग्मेन्टमा सफल मोडल हुन् । टाटालाई सिप्रदी ट्रेडिङले आयत गरी कारोवार गर्दै आएको छ ।

महिन्द्रा एक्सयूभी ३०० र एक्सयूभी ७००
अर्को भारतयी अटो उत्पादक महिन्द्राका एसयूभी पनि सुरक्षाको मामलमा निकै अव्वल वन्दै गएको छ । महिन्द्राको नेपाली बजारमा उपलब्ध दुई एसयूभी एक्सयूभी ३०० र एक्सयूभी ७०० ले ५ स्टार रेटिङ पाएका छन् । जसमध्ये एक्यूभी ३०० ले एडल्ट अक्यूप्मेन्टमा १७ अंकमा १६.४२ हाँसिल गरेर ५ स्टर रेटिङ पाएको छ भने चाइल्ड अक्यूप्मेन्टमा ४९ अंकमा ३७.४४ पाएर ४ स्टार रेटिङ हत पारेको छ ।

यसैगरी हालसालै नेपालमा बिक्री शुरु भएको एक्सयुभी ७०० ले एडल्ट अक्यूप्मेन्टमा १७ अंकमा १६.०३ हाँसिल गरेर ५ स्टर रेटिङ पाएको छ भने चाइल्ड अक्यूप्मेन्टमा ४९ अंकमा ४१.६६ पाएर ४ स्टार रेटिङ हात पारेको छ । महिन्द्रालाई अग्नी ग्रुपले आयत गरी कारोवार गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

टाटा पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७० प्रतिशत सम्म कर्जा दिने

टाटा पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – टाटाका पिकअप र कार्गो गाडी खरिदका लागि ज्योति विकास बैंकले ७०...

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सले भारतीय बजारमा ३ नयाँ इलेक्ट्रिक एसयूभी लन्च गर्ने

टाटा मोटर्सआफ्नो पोर्टफोलियो बलियो बनाउने योजनामा ​​छ । टाटाले अब ३ नयाँ...

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

आजबाट टाटा ईभी अटो कार्निभल, विशेष अफरका साथै माल्दिभ्स भ्रमणको अवसर

काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...