जेरो इन्जिनियरिङको च्यारीटी राईड–२०२५ सम्पन्न
काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...
मोटरसाइकल निर्माता कम्पनी रोयल इन्फिल्डले नेपाल लगायत अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थितिलाई अझै बलियो बनाउने र नेपालमा छिट्टै नै एसेम्बल प्लान्ट सञ्चालनमा ल्याउने बताएको छ ।
रोयल इन्फिल्डका सीईओ बी. गोविन्दराजनले भारतको समाचार संस्था पीटीआईसँग कुराकानी गर्दै अन्तर्राष्ट्रिय बजार फैलाउनका लागि चालु आर्थिक वर्षमा नेपाल र बंगलादेशमा एसेम्बल प्लान्ट स्थापना गर्ने बताए ।
हाल विश्वका ४० भन्दा बढी देशमा रोयल इन्फिल्डका २५० देखि ७५० सीसी सम्मका मोटरसाइकल बिक्री भइरहेका छन् । बजारमा आफ्नो उपस्थिति र बजार हिस्सा अझै बढाउनका लागि आगामी दिनमा नयाँ प्रोडक्ट लाइनअप समेत उपलब्ध हुने उनको भनाइ छ । गोविन्दराजनले भने, ‘हाल हाम्रो उपस्थिति रहेको बजारमा हामीले अझै ठूलो सम्भावना देखेको छौ ।’
सन् २०२२–२३ मा १ लाख ५५ युनिट रोयल इन्फिल्ड मोटरसाइकल निर्यात भए, जुन अघिल्लो आ.व. मा भएको ८१ हजार ३२ युनिट भन्दा धेरै हो । त्यसैगरी समग्र बिक्री पनि पहिलेको ६ लाख २ हजार २६८ युनिटको तुलनामा यो आर्थिक वर्षमा ८ लाख ३४ हजार ८९५ युनिट भएर ३९ प्रतिशत वृद्धि भएको छ ।
नयाँ आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारका लागि भइरहेको योजना वारेमा उनले भने, ‘अब हाम्रो ध्यान उत्तर अमेरिका, ल्याटिन अमेरिका, एसिया प्रशान्त क्षेत्र, बंगलादेश र नेपाल तथा युरोपमा केन्द्रीत हुनेछ ।’ नेपाल र बंगलादेशमा स्थानीय पार्टनरसँग मिलेर एसेम्बली प्लान्ट स्थापना गर्ने कार्य भइरहेको उनले बताए ।
नेपालमा पहिले रोयल इन्फिल्डका मोटरसाइकल दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले बिक्री–वितरण गरिरहेकोमा गत वर्ष देखि त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले बिक्री–वितरण गरिरहेको छ । त्रिवेणी ग्रुप अन्तर्गतको मोटरसाइकल एसेम्बल गर्न त्रिवेणी ग्रुपले टीजी अटो ग्रुप मार्फत उद्योगमा ३८ करोड रुपैयाँ लगानी गर्ने प्रस्तावका साथ उद्योग दर्ता गरेको छ र हाल यो सञ्चालनको अन्तिम चरणमा रहेको कम्पनी स्रोतको भनाइ छ । उद्योग विभागमा दर्ता गर्दा नै बाराको जितपुर उपमहानगरपालिका वडा नम्बर ९ मा स्थापन हुने जनाइएको सो नयाँ उद्योगले वार्षिक ८ हजार मोटरसाइकल एसेम्बल गर्ने लक्ष्य लिएको छ ।
अल्फा अटोमोटिभ आधिकारिक वितरक भए पश्चात बढी सीसीका मोटरसाइकल नेपाल आयातमा प्रतिबन्ध लगाइएका कारण आवश्यक संख्यामा बिक्री हुन सकेका छैनन् । आगामी दिनमा नेपालमा रोयल इन्फिल्डका क्लासिक तथा अन्य मोडलका मोटरसाइकल यही एसेम्बल हुने कम्पनी स्रोतको भनाइ छ ।
काठमाडौं– जेरो इन्जिनियरिङ मोटरसाइकल प्रालिद्वारा आयोजित ३ दिने...
काठमाडौं– नेपाल, भारत, भुटान र अष्ट्रेलिया लगायत विभिन्न देशका रोयल...
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारिक वितरक अल्फा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...