मासिक २० हजार किस्ताबन्दीमा केटीएम आरसी २००
नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...
केटीएमले आफ्नो एड्भेन्चर मोटरसाइकल २५० र ३९० लाई सिट हाइट कम गरेर नयाँ भेरिएन्टमा ल्याउने भएको छ । सिट हाइट ८५५ एमएम रहेको कारण औषत उचाई भएका व्याक्तिलाई वाइक ह्यान्डिल गर्न निकै सकस पर्ने गरेको गुनासो वढ्न थालेपछि नयाँ छुट्टै भेरिएन्ट ल्याउन लागिपरेको कम्पनीले जनाएको छ ।
सीट हाइट वढी भएकै कारण संभावित ग्राहक गुमाउनु परेको ठहर गर्दै केटीएमले यो नयाँ भेरिएन्टलाई छिट्टै लन्च गर्ने तयारी अघि वढाएको छ ।
सिट हाइट वढी भएकै कारण औषत उचाई भएका राइडरलाई सहज होस भनेर कम्पनीले यसअघि यी वाइकको पछाडीको सस्पेन्सनलाई केही तल झारिदिएकोे थियो । जसवारे ग्राहकले मिश्रीत प्रतिक्रया दिँदै नयाँ भेरिएन्ट नै लन्च गर्न सुझाव दिएका थिए ।
सोही सुझावलाई मध्येनजर गर्दै कम्पनीले कम सिट हाइटमा नयाँ भेरिएन्ट ल्याउने निचोड निकालेको हो । नयाँ भेरिएन्टको सीट हाइट कती हुन्छ भन्ने विषयमा केटिएमले हालसम्म कुनै जानकारी भने वाहिर ल्याईसकेको छैन ।
वाइकको सिट हाइट कम गर्न कम्पनीले हालकै भेरिएन्टको अगाडी र पछाडी दुवै भागमा जडान गर्ने सस्पेन्सनलाई केही तल झार्न सक्ने आँकलन गरिएको छ । यसरी सस्पेन्सन तल झार्दा सकेसम्म ग्राउन्ड क्लिरियन्स भने कम हुन नदिइने कम्पनीको भनाई छ ।
नेपाली बजारमा उपलब्ध केटीएमका विभिन्न मोटरसाइकल मध्ये आरसी २०० पनि एक हो ।...
काठमाडौं–केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक हंसराज...
केटीएम ड्युक २०० नयाँ अवतारमा लन्च गरेको छ । कम्पनीले सो बाइक १ लाख ९६ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...