नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ

युरोपियन ब्रान्ड फक्सवागन र स्कोडाले भारतमा निर्माण गरेको दुई नयाँ कारले क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको छ । ग्लोवल एनक्यापले गरेको पछिल्लो टेष्टमा फक्स्वागन भर्टस र स्कोडा स्लाभियाले ५ स्टार रेटिङ पाएका हुन् । यी कार नेपाली बजारमा समेत आउने तयारीमा रहेका छन् ।

एउटै प्लेटफर्मममा निर्माण गरिएका यी दुई कारले एडल्ट अक्यूपेन्टमा ३४ मध्ये २९.३१ अंक पाएका हुन् भने चाइल्ड अक्यूपेन्टमा ४९ मध्ये ४२ अंक हाँसिल गरेका हुन् । नयाँ प्रोटोकलमा आधारित यो टेष्टमा यसअघि फक्सवागन टाइगुन र स्कोडा कुशाकले पनि ५ स्टार रेटिङ पाएका थिए ।

सेफ्टिमा अव्वल मानिएका यी दुई सेडान कारमा ६ वटा एयरव्याग, ईवीडी र व्रेक असिस्ट सहितको एविएस, रियर पार्किङ सहितको रिभर्स पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हाई स्पिड अलर्ट, मल्टि कोजिन व्रेक, इलेक्ट्रोनिक डिफ्रेन्सियल लक सिस्टम, इलेक्ट्रोनिक स्ट्यावीलीटी कन्ट्रोल, र ट्रयाक्सन कन्ट्रोल सिस्टम लगायत अन्य प्रशस्तै सेफ्टि फिचर दिइको छ ।

१.० टिएसआई इन्जिन जडित यी कारको पावर ११३ विएचपी रहेको छ । यसगरी दुवै कारमा ६ स्पिड म्यानुल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समीसनको विकल्प पाउन सकिन्छ । भारतीय बजारमा भर्टसको मूल्य ११ लाख ४८ हजारदेखी १८ लाख ५७ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ भने स्लाभियालाई ११.३९ लाखदेखी १८.४५ लाख भारु तोकिएको छ ।

सम्बन्धित समाचारहरू

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

फक्सवागनले ल्यायो एकसाथ दुईवटा स्किम : फरक गाडीमा फरक अफर

काठमाडौं – नेपालका लागि फक्सवागनको अधिकृत वितरक पूजा इन्टरनेसनल नेपाल...

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

फक्सवागन मनसुन एक्सचेन्ज अफर प्रारम्भ : पुरानो कुनै पनि ब्रान्डसँग नयाँ गाडी साट्न सकिने

काठमाडौं – नेपालका लागि फक्सवागनको आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल...

नेपाल भित्रिदै टाइगुन एसयूभी : पूर्वतयारी इभेन्ट बन्यो फक्सवागन डिलर मिट २०२१

नेपाल भित्रिदै टाइगुन एसयूभी : पूर्वतयारी इभेन्ट बन्यो फक्सवागन डिलर मिट २०२१

काठमाडौं – नेपालका लागि फक्सवागन गाडीको आधिकारिक वितरक पूजा इन्टरनेसनल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...