इतिहास : पहिलो इन्टरनल कम्बसन इन्जिन

सन् १८८० दशकको सुरुवातमा जर्मनका गोटिलेव डेम्लर र वेल्हाम मेब्याकले एक इन्जिनको विकास गरिरहेका थिए, जुन ‘ग्रान्ड फादर क्लक इन्जिन’ को नामले परिचित थियो । पछि यही इन्जिनलाई सन् १८८५ अप्रिल ३ मा डेम्लरले पेटेन्ट लिए ।

रोचक पक्ष के छ भने जर्मनीको क्यान्स्ट्याटमा अवस्थित डेम्लरको घर नजिकको गार्डेनमा उनीहरुको वर्कशप थियो । सिंगल सिलिन्डरमा रहेको एयर कुलिङ, हट ट्युब इग्निसन र क्याम अपरेटेड एक्जस्ट भल्व सहितको सो इन्जिन ०.५ एचपी क्षमताको थियो ।

५० किलोग्राम तौल र ७६ सेमी उचाई भएको सो इन्जिन नै पहिलो प्राक्टिकल इन्टरनल कम्बसन इन्जिन थियो । सो इन्जिनलाई सोही वर्षको नोभेम्बरमा दुई जोडीले आफ्नो राइडिङ कारमा प्रयोग गरे । त्यो नै इन्टरनल कम्बसन इन्जिन प्रयोग भएको पहिलो फुल साइज भेइकल थियो ।

कतिपयले यो पहिलो आधुनिक मोटरसाइकलमा प्रयोग भएको पनि भनेका छन् । डेम्लरको छोरो पाउल, जो १७ वर्षका थिए, सो मोटरसाइकलमा सवार भएका थिए र यो ट्रेनिङ ह्विल जस्तो थियो । उनी नेकार रिभरको छेउमा सो मोटरसाइकलमा सवार भएर ३ किलोमिटरको यात्रा गरेका थिए र १२ किलोमिटरको टप स्पिडमा कुदेका थिए ।

यद्यपि हट ट्युब इन्जिनका कारण सिटमा आगलागी भएर केही समस्या पनि भएको थियो ।

यद्यपि यो भन्दा पहिले पनि अन्य मोटरसाइकल बनेका थिए । सन् १८६७ मै पेरक्स र रोपर तथा सन् १८८२ मा एनरिको बर्नाडी आदिले समेत मोटरसाइकल बनाएका थिए । तर ती सबै स्टिम पावरबाट चल्थे ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...