सुजुकीले १ वर्षमा बिक्री गर्यो ९ लाख भन्दा बढी मोटरसाइकल र स्कुटर

सजुकीले आर्थिक वर्ष २०२३ मा भारतमा ९ लाख भन्दा बढी मोटरसाइकल तथा स्कुटर विक्री गरेको छ । गत आर्थिक वर्षको तुलनामा २४.३ प्रतिशतले बजार सुधार गर्दै कम्पनीले यो आर्थिक वर्षमा ९ लाख ३८ हजार ३७१ युनिट मोटरसाइकल र स्कुटर बिक्री गर्न सफल भएको हो । आर्थिक वर्ष २०२२ मा उसले कुल ७ लाख ५४ हजार ९३८ युनिट टु ह्विलर बिक्री गरेको थियो ।

मार्च महिनामा कम्पनीले कुल ९७ हजार ५८४ युनिट मोटरसाइकल र स्कुटर बिक्री गरेको थियो । जसमध्ये भारतमा ७३ हजार ६९ युनिट बिक्री भएको हो भने २४ हजार ५१५ युनिट निर्यात भएको थियो । जुन एक महिनामा बिक्री भएको हालसम्मकै सवैभन्दा वढी रहेको कम्पनीले जनाउको छ । कम्पनीका अनुसार यो गत वर्षको सोही महिनामा बिक्री भएको कुल संख्या भन्दा ४९ प्रतिशतले वढी हो ।

आर्थिक वर्ष २०२३ मा सुजुकीले एड्भेन्चर वाइक भी–स्ट्रोम एसएक्स र कटानालाई लन्च गरेको थियो भने जिक्सर सिरीज र एक्सेस १२५ स्कुटरलाई नयाँ कलर स्किममा ल्याएको थियो ।

सम्बन्धित समाचारहरू

२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी

२०२१ मा लन्च भए सर्बाधिक माइलेज दिने यी ५ कार, ३ वटा नेपाल आउन बाँकी

सन् २०२१ मा भारतमा बिभिन्न अटो उत्पादक कम्पनीहरुले नयाँनयाँ मोडलका कारहरु...

यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

यी हुन् मारुती सुजुकीले ल्याउने पहिलो इलेक्ट्रिक एसयूभीसँग जोडिएका तथ्यहरु

मारुती सुजुकीको पहिलो इलेक्ट्रिक एसयूभी करिब २ वर्षदेखि निरन्तर परीक्षण...

थप महंगो बन्दै सुजुकी कार

थप महंगो बन्दै सुजुकी कार

मारुती सुजुकीले आगामी जुनदेखि आफ्ना सवारी साधनको मूल्य ३० हजार भारुसम्म...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...