होन्डाको नयाँ अपडेटेड मोटरसाइकल एसपी १२५ : यस्ता छन् विशेषता

होन्डाले अपडेटेड एसपी १२५ भारतमा लन्च गरेको छ । कम्पनीले यसमा फुल्ली डिजिटल मिटर र बीएस६ फेज–२को नयाँ उत्सर्जन मापदण्डअनुसार ओबिडी–२ कम्प्लायन्ट इन्जिन दिएको छ । यो बाइक ई–२० पेट्रोलमा पनि चल्नेछ ।

कम्पनीले यो बाइक २ भेरिएन्टमा लन्च गरेको छ । बाइक ड्रम ब्रेक र डिस्क ब्रेक रहेको छ । सो बाइकले हिरो ग्ल्यामर, हिरो सुपर स्प्लेन्डर, होन्डा साइन, टीभीएस राइडरसँग प्रतिस्पर्धा गर्नेछ । बाइकमा इम्पेरियल रेड मेटालिक, ब्ल्याक, म्याट एक्सिस ग्रे मेटालिक, पर्ल साइरन ब्लु र म्याट मार्भल ब्लु मेटालिक कलर विकल्प उपलब्ध छ ।

बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

होन्डा एसपी १२५ मा इन्जिन स्टार्ट–स्टप स्विच, एलईडी हेडल्याम्प, पासिङ स्विच र इन्टिग्रेटेड हेडल्याम्प बिम जस्ता अन्य फिचर पनि छ । बाइकमा रियर सस्पेन्सनसँगै कम्बी ब्रेक सिस्टम पनि रहेको छ ।

बाइकमा टायरको चौडाइ १०० एमएमले बढाइएको छ । यसमा पीजीएम–एफआई प्रविधि प्रयोग गरिएको छ, जसका कारण बाइकको माइलेज अझ बढी हुनेछ ।

सम्बन्धित समाचारहरू

अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर

अपडेट भएर आयो होन्डा युनिकर्न, थपिए यी नयाँ फिचर

होन्डाले भारतमा युनिकर्नको २०२५ संस्करण लन्च गरेको छ । सो नयाँ संस्करणमा...

होन्डाले साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक मोटरसाइकल ल्याउने

होन्डाले साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक मोटरसाइकल ल्याउने

होन्डाले आफ्नो चर्चित कम्यूटर बाइक साइन–१०० मा आधारित नयाँ इलेक्ट्रिक...

होन्डा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

होन्डा फेस्टिभ बोनान्जा : हरेक १५ दिनमा साढे तीनलाख जित्ने मौका

काठमाडौं – नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...