८१ लाख ९९ हजारमा लङ रेन्ज एमजी जेडएस ईभी

काठमाडौं – नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले लङ रेन्ज एमजी जेडएस ईभी नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीको नक्साल शोरुममा टेस्ट ड्राइभ समेत गर्न सकिने सो ईभीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

गत वर्षको फागुन महिनामै नेपाली बजारमा सार्वजनिक गरिएको भए पनि यो गाडी कम्पनीले ग्राहकलाई उपलब्ध गराएको थिएन । सरकारले बजेटमार्फत कर बढाए पछि बुकिङ गरेका ग्राहकले समेत गाडी नपाएर पैसा फिर्ता लिनु परेको थियो ।

लङ रेन्ज एमजी जेडएस ईभीमा ७२.६ किलोवाट ब्याट्री छ, जसको रेन्ज ४४० किलोमिटर हुनेछ । सो गाडीको ग्राउन्ड क्लियरेन्स १७५ एमएम छ ।

यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । यसका साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन रहेको छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेलल्याम्प आदि छन् ।

यो गाडीमा एमजी पाइलट नाम दिइएको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम रहेकोले निकै नै सुरक्षित मानिएको छ । यसमा १३० एचपीको पावर र २८० एनएमको टर्क भएको पर्मानेन्ट म्याग्नेट सिंक्रोनस मोटर रहेको छ ।

यो गाडी ८.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्न सक्छ । एमजीको ग्लोबल डिजाइन भएको यो गाडीमा पानोरामिक सनरुफ, १७ इन्चको डायमन्ड कट अलोय ह्विल र २.५ को पीएम फिल्टर लगायतका धेरै सुविधा रहेका छन् ।

एमजी जेडएस ईभी २०२२ मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, हिल डिसेन्ट कन्ट्रोल, अल ह्विल डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, अडेप्टिभ क्रुज कन्ट्रोल, लेन किप असिस्ट र ३६० डिग्री क्यामेरा जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

बैंकक इन्टरनेश्नल मोटर शोमा ५८ हजार बढि कार बुकिङ, ईभीमा बीवाईडी पहिलो हुँदा एमजी दोस्रो

काठमाडौं– थाइल्याण्डको राजधानी बैंककमा हालै आयोजना भएको ‘ बैंकक...

यस्तो छ नेपाली बजारका लागि बुकिङ खुला गरिएको विद्युतीय गाडी एमजी जेडएस ईभी

यस्तो छ नेपाली बजारका लागि बुकिङ खुला गरिएको विद्युतीय गाडी एमजी जेडएस ईभी

काठमाडौँ – नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक...

भारतमा सार्वजनिक भयो एमजीको पहिलो सीयूभी एमजी विन्डसर, नेपालमा पनि आउने संकेत

भारतमा सार्वजनिक भयो एमजीको पहिलो सीयूभी एमजी विन्डसर, नेपालमा पनि आउने संकेत

एमजी मोटर इन्डियाले भारतको पहिलो स्मार्ट सीयूभी अर्थात क्रसओभर युटिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...