टाटा नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको बढ्यो माइलेज

टाटा मोटर्सले आफ्ना कारहरु अपडेट गरेको छ र यसको कारण मूल्य पनि बढ्नेछ । कम्पनीले आफ्ना सवारीसाधनलाई बीएस६ फेज २ अनुसार अपडेट गरेको छ जसका कारण यसको माइलेज पनि बढेको छ ।

कम्पनीको नेक्सन, अल्ट्रोज, पन्च, टियागो र टिगोरको माइलेज बढेको छ । सो कारको माइलेज ०.६० किलोमिटर प्रतिलिटरबाट बढेर २.४० किलोमिटर प्रतिलिटर पुगेको छ । यो वृद्धि सीएनजी भेरिएन्टमा पनि हुनेछ ।

टाटा टिगोरको माइलेज ०.६० किमी प्रतिलिटर, अल्ट्रोजको ०.७० किमी प्रतिलिटर, नेक्सन पेट्रोलमा ०.७५ किमी प्रतिलिटर, टियागोमा १ किमी प्रतिलिटर र पन्चमा १.१३ किमी प्रतिलिटर बढेको छ । पन्च र अल्ट्रोजको लो–इन्ड ड्राइभबिलिटी पनि सुधार भएको छ ।

टाटाको टिगोर, टियागो, पन्च र अल्ट्रोजमा १.२ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ जसले ८८ बीएचपीको पावर दिन्छ । सो कारमा ५ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । साथै अल्ट्रोजमा ६ स्पिड डीसीए पनि दिइएको छ ।

बाँकी तीन कारमा ५ स्पिड एएमटीको विकल्प छ । अल्ट्रोजमा १.२ लिटर टर्बो–पेट्रोल इन्जिनको विकल्प पनि छ जसले ११० बीएचपीको पावर जेनेरेट गर्छ । नेक्सनमा १.२ लिटर टर्बो पेट्रोल इन्जिनको विकल्प छ ।

अल्ट्रोजको डिजेल भेरिएन्टको माइलेज ०.६० किमी प्रतिलिटरले बढेको छ । नेक्सन डिजेल म्यानुअलको माइलेज २.१० किमी प्रतिलिटरले बढेको छ । नेक्सन डिजेल एएमटीमा २.४० किमी प्रतिलिटर माइलेज वृद्धि भएको छ ।

सम्बन्धित समाचारहरू

चैत १७ सम्म थप भयो टाटा मोटर्सको धमाका अफर, कमर्सियल गाडी किन्दा सुविधै सुविधा

चैत १७ सम्म थप भयो टाटा मोटर्सको धमाका अफर, कमर्सियल गाडी किन्दा सुविधै सुविधा

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

टाटा मोटर्स फेरि पनि नम्बर १ : सर्बाधिक बिक्री हुने एसयूभी बन्यो टाटा नेक्सन

टाटा मोटर्स फेरि पनि नम्बर १ : सर्बाधिक बिक्री हुने एसयूभी बन्यो टाटा नेक्सन

भारतीय बजारमा टाटा मोटर्स फेरि पनि नम्बर वान बन्न सफल भएको छ । कम्पनीले...

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

नेक्सन ईभी फेरि बन्ला हट सेलर ?

टाटा नेक्सन ईभी कुनै बेला नेपाली बजारमा धेरै माग गरिएको ईभी थियो । टाटा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...