लन्च भयो नयाँ हुन्डाई भरना, यस्तो छ फरक विशेषता ।

हुन्डाईले अपडेट गरिएको नयाँ भरना ४ भेरिएन्टमा भारतमा लन्च गरेको छ । सो कारको ८ हजार युनिट बुकिङ पनि भइसकेको छ ।

नयाँ हुन्डाई भरनामा १०.२५ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्विच गर्न मिल्ने इन्फोटेनमेन्ट र एसी स्विच कन्ट्रोलर, ६४ रङको एम्बियन्ट लाइटिङ, तातो र चिसो सिट, इलेक्ट्रिक सनरुफ, पावर एड्जस्टेबल ड्राइभर सिट जस्ता फिचर रहेको छ ।

साथै नयाँ भरनामा ब्लूलिंक कनेक्टेड टेक्नोलोजी, बोस प्रिमियम अडियो सिस्टम, स्मार्ट ट्रंक, इन्टेरियरमा १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल टोन ब्ल्याक एन्ड ह्वाइट इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट जस्ता फिचर पनि दिइएको छ ।

सो कारमा १.५ लिटर पेट्रोल इन्जिन जडान गरेको छ जसले ११५ एचपी पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ । यसको १.५ लिटर टर्बो–पेट्रोल इन्जिनले १६० एचपीको पावर र २५३ एनएमको टर्क जेनेरेट गर्छ ।

कारमा ६ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । टर्बो पेट्रोल इन्जिनमा ७ स्पिड डीसीटी गियरबक्स दिइएको छ । साथै कारमा सीभीटी गियरबक्सको विकल्प पनि दिइएको छ । कम्पनीले यसमा डिजेल इन्जिनको विकल्प दिएको छैन ।

सेफ्टीको लागि कारमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी, ट्रयाक्सन कन्ट्रोल आदि दिइएको छ ।

सम्बन्धित समाचारहरू

नयाँ भेन्युमा केही समय सयर गर्दा…….(टेस्ट ड्राइभ अनुभव)

नयाँ भेन्युमा केही समय सयर गर्दा…….(टेस्ट ड्राइभ अनुभव)

हुन्डाईको सव कम्प्याक्ट एसयूभी भेन्यु नयाँ डिजाइनका साथ नेपाल आएको छ ।...

नेपाल भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट, मूल्य पहिले भन्दा ३ लाख बढी

नेपाल भित्रियो हुन्डाईको इलेक्ट्रिक कार कोना फेसलिफ्ट, मूल्य पहिले भन्दा ३ लाख बढी

काठमाडौं – नेपाली बजारमा हुन्डाइको इलेक्ट्रिक कार कोना फेसलिफ्ट...

यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु फेसलिफ्टको इन्टेरियर, इन्जिन र फिचर

यस्तो हुनेछ २०२२ हुन्डाई भेन्यु फेसलिफ्टको इन्टेरियर, इन्जिन र फिचर

हुन्डाई मोटर इन्डियाले जुन १६, २०२२ मा फेसलिफ्ट भेन्यु लन्च गर्ने योजना...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...