होन्डा मोटरसाइकल र स्कुटर किन्दा ४ ग्राहकले जिते जनही १ लाख नगद
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
काठमाडौं – होन्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको सीप र दक्षता अभिवृद्धि गर्ने र बिक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ आयोजना गरेको होन्डा टेक्निसियन स्किल कन्टेस्ट २०२३ सम्पन्न भएको छ ।
उक्त कन्टेस्टमा बज्र अटो महराजगञ्जका केशव गजुरेलले प्रथम पुरस्कार प्राप्त गरे । त्यसैगरी एसटीसी पोखराका झलेन्द्र इटानीले द्वितीय र नौदेवी मोटर्स विराटनगरका विनोद शर्माले तृतीय पुरस्कार प्राप्त गरे ।
सो अवसरमा प्रथम हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीयले १५ हजार नगद पुरस्कार प्राप्त गरे । सहभागीहरु सबैलाई प्रमाणपत्र प्रदान गरियो ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होन्डाका विभिन्न डिभिजन प्रमुखहरुको उपस्थितिमा सो कार्यक्रम गत चैत ३ गते सम्पन्न भएको थियो ।
नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालि अन्तर्गत सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रीय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए ।
सो प्रतियोगिता होन्डाको ट्रेनिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधिभर होन्डाको नियम तथा अनुशासन पालना गर्दै टेक्निसियनहरु होन्डा स्ट्यान्डर्ड प्रोसिड्युअर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।
स्याकार ट्रेडिङ कम्पनीले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको बताएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निसियनहरुको कार्यदक्षता अभिवृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको कम्पनीको भनाइ छ ।
काठमाडौं – नेपालका लागि होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले...
होन्डाले साइन १०० को २०२५ संस्करण लन्च गरेको छ । ६८ हजार ७६७ रुपैयाँ...
नेपाली बजारमा पहिले देखि नै लोकप्रिय रहेको होन्डा साइन अहिले पनि उत्तिकै...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...