होन्डाको ‘यो दशैं, आशाको सुरुवात’ योजना अन्तर्गत सातै प्रदेशबाट ३ हप्ताका विजेताहरु घोषणा, मंसिर १४ सम्म थप
काठमाडौं – होन्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग...
होन्डाले भारतीय बजारमा सार्वजनिक गरेको साइन १०० अहिले निकै चर्चामा रहेको छ । होन्डाको इन्ट्री लेवल कम्युटर वाइक साइन यसअघि १२५ सिसी इन्जिमा उपलब्ध रहँदै आएको थियो । १०० सिसी इन्जिनमा आएपनि यसको लुक्स तथा डिजाइन भने १२५ सिसी सरहनै रहेको छ ।
यो नयाँ मोटरसाइकलमा होन्डाले ९९.७ सिसीको फ्यूल इन्जेक्टेड इन्जिन दिएको छ । जसको पावर ७.६१ एचपी र टर्क ८.०५ एनएम छ । ४ स्पिड गियरवक्स जडान गरिएको यो नयाँ वाइकमा होन्डाले ओविडी–टु र ई२० कम्प्लायन्ट नयाँ इन्जिन दिएको छ । जसका कारण यसलाई २० प्रतिशत इथानोल मिश्रण गरेर समेत चलाउन सकिन्छ ।
होन्डाले यो नयाँ वाइकका लागी भनेर डायमन्ड–टाइप फ्रेम विकास गरेको थियो । सोही फ्रेममा तयार भएको साइन १०० को अगाडी टेस्किपिक र पछाडी ट्विन शक एव्जर्वर पाउन सकिन्छ । यसको दुवै चक्कामा ड्रम व्रेक जडान गरिएको छ भन तौल १०० किलोग्राम भन्दा कम रहेको छ । यो नयाँ वाइकको ग्राउन्ड क्लिरियन्स १६८ एमएम रहेको छ ।
कम वजेटको सानो सिसी वाइक भएका कारण होन्डाले यसमा पर्याप्त फिचर भने दिएको छैन । साइन १०० मा हेलोजन हेडलाइट र एनालग इन्स्ट्रयूमेन्ट क्लस्टर पाउन सकिन्छ । साथै यसमा होन्डाको कम्वी व्रेकिङ सिस्टम, फ्यूल इन्जेक्सन र अटो–चोक सिस्टम उपलब्ध छ ।
भारतमा आजबाट वुकिङ खुल्ला गरिएको यो नयाँ मोटरसाइकलको उत्पादन भने अर्को महिनादेखी मात्र शुरु हुने जनाइएको छ । मे महिनादेखी डेलिभरी शुरु हुने तयारी भएको साइन १०० त्यस लगत्तै नेपाली बजारमा समेत आउने आँकलन गरिएको छ । भारतमा यसको मूल्य ६४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । यो मोटरसाइकलले हिरो एचएफ १०० तथा स्प्लेन्डर प्लस र बजाज प्लाटिनासंग प्रतिस्पर्धा गर्नेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...