काठमाडौंका २ स्थानमा रोयल इन्फिल्ड शोरुम सञ्चालन, असार सम्म देशभर १८ शोरुम पुग्ने

काठमाडौं – रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुल नजिकै दुई वटा अत्याधुनिक शोरुम सञ्चालनमा ल्याएको छ ।

त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाई र अन्य अतिथिहरुले शोरुम शुभारम्भ गरे । सो अवसरमा त्रिवेणी ग्रुपका डाइरेक्टर हर्ष संघाईले आगामी दिनमा विभिन्न मोडल उपलब्ध गराउने र ग्राहकको माया पाइरहने विश्वास व्यक्त गरे ।

अल्फा अटोमोटिभका म्यानेजिङ डाइरेक्टर मेघराज पौडेलले चालु आर्थिक वर्षको अन्त्य सम्ममा देशभर १८ शोरुम सञ्चालनमा ल्याउने बताउदै रोयल इन्फिल्डको लिगेसीलाई सबैले पछ्याइरहने विश्वास व्यक्त गरे ।

कम्पनीको मापदण्ड अनुसार तयार गरिएका शोरुम ‘बाइकर्स होम’ को अवधारणामा आधारित छ । शोरुमबाट बाइक, राइडिङ गियर, जेन्युइन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स आदि बिक्री गरिनुका साथै बिक्री पछिको सेवा समेत उपलब्ध गराइने छ । कम्पनीको मुख्य उद्देश्य ‘ग्राहक सन्तुष्टि नै हाम्रो सन्तुष्टि’ रहेको बताइएको छ ।

सन् १९०१ देखि निरन्तर रुपमा मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गर्दै आएको रोयल इन्फिल्ड विश्वको एक पुरानो मोटरसाइकल कम्पनी हो ।

हाल रोयल इन्फिल्डका नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी गरी ६ स्थानमा शोरुम छन् । चैत्र महिना भित्र विर्तामोड, टाँडी, सुर्खेत र भक्तपुर गरी थप ४ वटा शोरुम संचालनमा आउने छन् ।

आगामी असार महिना भित्र विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ, नेपालगन्ज र त्रिपुरेश्वर गरी थप ८ वटा शोरुमबाट बाइक बिक्री, गियर एवं जेन्युइन एसेसरिज, स्पेयर पार्ट्स र सर्भिसिङ लगायतका सेवा प्रदान गरिने कम्पनीको भनाइ छ ।

त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी अल्फा अटोमोटिभ हो ।

सम्बन्धित समाचारहरू

यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

यस्ता छन् रोयल इन्फिल्ड बुलेट ३५० को न्यु जेनेरेशन बाइकका महत्वपूर्ण विशेषता

रोयल इन्फिल्डले बुलेट ३५० को न्यु जेनेरेशन बाइक भारतीय बजारमा लन्च गरेको छ...

यस्तो हुनेछ उत्तरी मोरङको राजारानीमा हुने राइडर्स मिटको आकर्षण

यस्तो हुनेछ उत्तरी मोरङको राजारानीमा हुने राइडर्स मिटको आकर्षण

ओझेलमा परेका पर्यटकीय स्थलहरूको प्रचारप्रसार गर्ने उद्देश्यले उत्तरी...

रोयल इन्फिल्डले ल्याउँदै छ नयाँ बाइक हन्टर ३५०, होन्डा र जावाका बाइकसँग प्रतिस्पर्धा हुने

रोयल इन्फिल्डले ल्याउँदै छ नयाँ बाइक हन्टर ३५०, होन्डा र जावाका बाइकसँग प्रतिस्पर्धा हुने

रोयल इन्फिल्डले प्रतिस्पर्धात्मक बजारका लागि नयाँ बाइक उपलब्ध गराउने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...