जेनेसिसको नयाँ विद्युतीय एसयूभीमा विश्वमै पहिलोपटक रूफ एयरब्यागको प्रयोग
काठमाडौं–हुन्डाई मोटर समूहको विलासी ब्रान्ड जेनेसिसले आफ्नो नयाँ र...
हुन्डाईले आफ्नो न्यु जेनेरेशन लक्जरी सेडान भरनाको नयाँ मोडल २१ मार्चमा लन्च गर्ने भएको छ । कम्पनीले यसको बुकिङ पनि सुरु गरिसकेको छ । सो सेडान कारमा ६५ सेफ्टी फिचर उपलब्ध छ । सो कारले बजारमा होन्डा सिटी, स्कोडा स्लाभिया, मारुती सियाज र फक्सवागन भर्टससँग प्रतिस्पर्धा गर्नेछ ।
हुन्डाईको सो नयाँ सेडानमा ६ एयरब्याग, ३ प्वाइन्ट सिटबेल्ट, सिट बेल्ट रिमाइन्डर, स्पिड सेन्सिङ अटो डोर लक, इम्पेक्ट सेन्सिङ अटो डोर अनलक, ईबीडीको साथमा एबीएस, इमरजेन्सी स्टप सिग्नल, हेडल्याम्प एस्कर्ट फङसन, अटोमेटिक हेडल्याम्प, आईएसओफिक्स, लेन चेन्ज इन्डिकेटर, किलेस इन्ट्रि र रियर पार्किङ सेन्सर जस्ता सेफ्टी फिचर समावेश गरिएको छ ।
कम्पनीले जारी गरेको टिजरमा यसको एलईडी टेललाइट, रियर एलईडी डीआरएलएस, १.५ टर्बाे ब्याजिङ, अलोय ह्विल, स्टेयरिङ ह्विल र डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरलाई फोकस गरेको छ । यसलाई ४ ट्रिम्स ईएक्स, एस, एसएक्स र एसएक्सओ सहित १० भेरिएन्टमा लन्च गरिने छ ।
नयाँ हुन्डाई भरनाको लम्बाई २६७० एमएम, चौडाई १७६५ एमएम र ह्विलबेस ७० एमएम छ । कारमा ५२८ लिटर बुट स्पेस रहेको छ । कारमा अटोमेकर फोल्ड होल्डर, मल्टिपल बोटल होल्डर्स, मल्टिपर्पस कन्सोल र कुल्ड ग्लोवबक्स समावेश गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...