टाटा मोटर्सको ‘ह्याप्पीनेस विकेन्ड’ प्रारम्भ, जुनसुकै ब्रान्डका पुराना गाडीसँग ईभी साट्न सकिने

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ इन्टरप्राइजेजले विशेष एक्सचेन्ज क्याम्पको रुपमा ‘ह्याप्पीनेस विकेन्ड’ शुरु गरेको छ । आज देखि शुरु भएको सो क्याम्प आइतबार सम्म चल्ने छ ।

काठमाडौं स्थित सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स शोरुमहरूमा सो क्याम्प आयोजना हुनेछ । क्याम्पमा आएर टेस्ट ड्राइभ, आफ्नो पुरानो गाडीको मूल्याङ्कन र नयाँ गाडीको बुकिङ गराउँदा ग्राहकले हात खाली नजाने आकर्षक गिफ्ट समेत पाउने कम्पनीले जनाएको छ ।

एक्सचेन्ज क्याम्पमा जुनसुकै कम्पनी अथवा ब्रान्डको गाडी टाटा मोटर्सका सर्वाधिक रुचाइएका नयाँ २०२३ मोडेलका नेक्सन ईभी तथा टिगोर ईभीसँग साट्न सकिने व्यवस्था मिलाइएको छ । ग्राहकको सहजताका लागि शोरुममै बैंकिंग सुविधा, इन्स्योरेन्स सुविधाका साथै गाडी मूल्याङ्कन गर्न विभिन्न दक्ष मुल्यांकनकर्ताहरुको पनि सहभागिता हुनेछ ।

उक्त एक्सचेन्ज क्याम्पमा पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनलाई बजारले अत्यधिक रुचाएको टाटा मोटर्सका विद्युतीय सवारीसँग साट्न मिल्ने गरी एउटै शोरुमबाट व्यवस्था गरिएको छ । 

चलिरहेको बजारको मूल्यभन्दा गाडीको विशेष मूल्याङ्कन, सरल फाइनान्सको सुविधा, इन्स्योरेन्सको सुविधाका साथै हरेक गाडी हस्तान्तरणमा निःशुल्क गाडीका लागि उपयुक्त पार्टपुर्जा पनि पाइनेछ। 

सम्बन्धित समाचारहरू

क्र्यास टेष्टमा टाटा सिएराले पायो ५ स्टार रेटिङ

क्र्यास टेष्टमा टाटा सिएराले पायो ५ स्टार रेटिङ

भारत एनक्यापद्वारा गरिएको क्र्यास टेष्टमा टाटा सिएराले ५ स्टार रेटिङ...

पन्च.ईभीमा उच्च रिसेल भ्यालु : ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा 

पन्च.ईभीमा उच्च रिसेल भ्यालु : ७० प्रतिशत रिसेल ग्यारेन्टेडको विशेष सुविधा 

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

टाटाका विद्युतीय कार किन्न नविल बैंकले ८० प्रतिशत सम्म ऋण दिने

काठमाडौं – टाटा मोटर्सका विभिन्न विद्युतीय कार किन्नका लागि नविल बैंकले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...