होन्डा साइन अब १०० सीसी इन्जिनमा

होन्डा साइन अब १०० सीसी इन्जिनमा लन्च भएको छ । भारतमा सार्वजनिक गर्दै सो मोटरसाइकलको मूल्य ६४ हजार ९ सय भारु तोकिएको छ । यो मोटरसाइकल ओबीडी–२ कम्प्लायन्ट छ र ई२० इन्धनका साथ चल्छ ।

अझै बढी माइलेज र कम प्रदूषण गर्ने तरिकाले यसलाई तयार गरिएको छ । सो मोटरसाइकलमा लामो सिट छ भने सिट अलि तल राखिएको छ । दैनिक उपयोगका लागि प्रयोग गर्न सकिने गरी यसको निर्माण गरिएको छ ।

यसमा ९९.७ सीसी सिंगल सिलिन्डर एयरकुल्ड इन्जिन छ, जसले ७.६ एचपी पावर र ८.०५ एनएम टर्क जेनेरेट गर्छ । माइलेज बढाउनका लागि यसमा एएसपी तथा फ्युल इन्जेक्सन प्रविधि उपलब्ध गराइएको छ । यसमा अटो चोक सिस्टम पनि छ ।

सो मोटरसाइकललाई डायमन्ड फ्रेममा तयार गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स १६८ एमएम छ । हाल उपलब्ध साइन १२५ को सानो भर्सनको रुपमा यसको डिजाइन गरिएको छ र यसको लुकमा कुनै परिवर्तन देखिदैन ।

यो मोटरसाइकलमा इन्जिन इन्हिबिटर सहितको साइड स्ट्यान्ड उपलब्ध गराइएको छ, जसले गर्दा साइड स्ट्यान्डमा भएको समयमा मात्र स्टार्ट हुन्छ । त्यसैगरी यसमा कम्बी ब्रेक सिस्टम पनि दिइएको छ ।

भारतमा आगामी मे महिना देखि मात्र यसको डेलिभरी गरिने छ । नेपाली बजारमा पनि भविष्यमा यो मोटरसाइकल आउन सक्छ । बजारमा उपलब्ध १०० सीसीका अन्य मोटरसाइकलसँग यसको प्रतिस्पर्धा हुनेछ ।

सम्बन्धित समाचारहरू

स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु

स्मार्ट विशेषता सहितको होन्डा डियो १२५ को बिक्री–वितरण शुरु

काठमाडौँ – नेपालका लागि होण्डाको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङले...

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाको ज्वाइन्ट भेन्चरमा २ वर्ष पछि सार्वजनिक हुने अफिला ईभीमा यस्ता छन् भव्य फिचर

सोनी र होन्डाले मिलेर निर्माण गरिरहेको इलेक्ट्रिक कार ‘अफिला’ विश्व...

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

एउटै मूल्य ७ लाख ५० हजारमा नेपाल भित्रिएका दुई बाइक : एक बबर स्टाइल, अर्को रेट्रो स्टाइल

नेपाली बजारमा पछिल्लो समयमा भित्रिएका दुई बाइक हाल चर्चामा छन् । २०७८ साल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...