सुजुकीका दुई नयाँ एसयूभी नेपालमा सार्वजनिक, यस्तो छ सवै भेरिएन्टको मूल्य र फिचर

सुजुकीका दुई नयाँ एसयूभी ग्रान्ड भिटारा र नयाँ ब्रेजा औपचारिक रुपमा नेपाली बजारमा सार्वजनिक भएको छ । एक कार्यक्रमको आयोजना गरी आधिकारिक विक्रेता सीजी मोटोकर्पले यी एसयूभीलाई अनावरण गर्दै बिक्री शुरु गरेको हो । कम्पनीले ग्रान्ड भिटाराको सुरुवाती मूल्य (नगद छुट पछिको) ६० लाख ९९ हजार र नयाँ ब्रेजाको ४१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

यी दुई एसयूभीमध्ये ग्रान्ड भिटारालाई स्मार्ट र इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड टेक्नोलोजीमा उपलब्ध गराईएको छ भने ब्रेजा स्मार्ट हाइब्रिड इन्जिनमा उपलब्ध छ । नेपाली बजारका लागि वहुप्रतीक्षित एसयूभीका रुपमा रहेको ग्रान्ड भिटारामा सुजुकीको आफ्नो ‘क्राफ्टेड फ्युचरिजम डिजाइन ल्यांग्वेज’ को प्रयोग गरिएको छ, जसले अरुभन्दा फरक वाहिरी डिजाइन र प्रिमियम इन्टेरियर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यो नयाँ एसयूभीमा सुजुकीको लेजेण्डरी अल ग्रिप टेक्नोलोजी प्रयोग गरिएको कारण यही सेग्मेन्टका अन्य एसयूभीको तुलनामा अफरोड क्षमता बढी भएको सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले वताए । ‘यो सेग्मेन्टमा अन्य एसयूभीमा नभएका थुप्रै नयाँ फिचरहरु सुजुकी ग्रान्ड भिटारामा पाउन सकिन्छ । भिटारामा भारतीय बजारमै पहिलो पटक अत्याधुनिक र कम इन्धन खपत गर्ने स्ट्रङ हाइब्रिड प्रविधियुक्त इन्जिन प्रयोग गरिएको छ । जसले सुजुकीको इलेक्ट्रिफिकेसनलाई प्रतिविम्वित गर्छ’ उनले भने ।

यसैगरी नेपाली बजारमा यसअघि निकै नै रुचाइएको सव–फोर मिटर एसयूभी भिटारा ब्रेजाको नयाँ भर्सन ब्रेजामा अत्याधुनिक प्रविधि र नेक्स्ट जेनेरेसनको आराम र सुविधाजनक फिचर पाउन सकिन्छ । यो नयाँ एसयूभीले स्टाइल, रोमाञ्चक नयाँ डिजाइन, शक्तिशाली पर्फमेन्स, उन्नत सुरक्षा सुविधाहरु प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ ।

निकै प्रतिस्पर्धी एसयूभी सेग्मेन्टमा यी दुई एसयूभीले सुजुकीको उपस्थितिलाई अझै मजवुत वनाउने कार्यकारी निर्देशक चौधरीको भनाइ छ । उनले भने, ‘पछिल्लो समय नेपाली बजारमा एसयूभीको माग उच्च छ । देशमा फरकफरक ड्राइभिङ कन्डिसन भएका कारण एसयूभीको माग वढिरहेको सन्दर्भमा नेपाल आएका नयाँ प्रविधियुक्त यी दुई एसयूभी यो सेग्मेन्टमा गेम चेन्जर वन्नेमा विश्वस्त छौ ।’

यस्तो छ ग्रान्ड भिटारा (सवै भेरिएन्टको मूल्य सहित)
यो नयाँ एसयूभीमा १.५ लिटरको इन्टेलिजेन्ट इलेक्ट्रिक हाइब्रिड इन्जिन जडान गरिएको छ । जुन विद्युतीय मोटर र पेट्रोल इन्जिनबाट चल्नेछ । यसमा आफै चार्ज हुने र इनर्जी रिजेनेरेशन प्रविधियुक्त पावरफुल इलेक्ट्रिक हाइव्रिड इन्जिन जडान गरिएका कारण सेग्मेन्टमै उत्कृष्ट अर्थात प्रतिलिटर इन्धनको खपतमा २७.९७ किलोमिटर माइलेज दिने दावी गरिएको छ । यो एसयूभीलाई ईभी, इको, पावर र नर्मल गरी कुल चारवटा फरक मोडमा ड्राइभ गर्न सकिन्छ ।

यसैगरी स्मार्ट हाइब्रिड प्रविधियुक्त ग्रान्ड भिटारामा नेक्स्ट–जेन के सिरिजको १.५ लिटर डुअल जेट इन्जिन जडान गरिएको छ । यो प्रविधिले गाडीको व्रेक इनर्जी रि–जेनेरेशन र टर्क असिस्टमा मद्दत पु–याउँछ । आइडल स्टार्ट स्टप फिचर उपलब्ध यो प्रविधिको गाडीले २१.११ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

ग्रान्ड भिटाराको डिजाइन कलात्मक रुपमा गरिएको छ । नयाँ पिढीका ग्राहकहरुको रोजाइमा पर्ने गरी नयाँ युगको डिजाइन दिइएको यो एसयूभीले प्रिमियम एसयूभीको अनुभव दिने विश्वास कम्पनीले लिएको छ । यो एसयूभीमा टिएफटी हेड अप डिस्प्ले, ९ इन्चको स्मार्टप्ले प्रो प्ल्स इन्फोटेन्मेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, क्यूआई प्रमाणित वायरलेस चार्जर, प्यानारोमिक सनरुफ, पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल, हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल, चारवटै चक्कामा डिस्क व्रेक र टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत फिचर पाउन सकिन्छ ।

नेपाली बजारमा यो एसयूभीलाई स्मार्टमा कुल ५ भेरिएन्ट तथा स्ट्रङ हाइब्रिडमा ४ भेरिएन्टमा उपलब्ध गराइएको छ । जसमध्ये स्मार्ट हाइब्रिड जेटाको मूल्य ६० लाख ९९ हजार, अल्फा टु ह्विल ड्राइभ मोेनो टोनको ६८ लाख ९९ हजार, अल्फा टु ह्विल ड्राइभ डुअल टोनको ६९ लाख २९ हजार, अल्फा फोर ह्विल ड्राइभ मोनो टोनको ७५ लाख ९९ हजार र अल्फा फोर ह्विल ड्राइभ डुअल टोनको ७६ लाख २९ हजार रुपैयाँ तोकिएको छ ।

यसैगरी स्ट्रङ हाइव्रिड जेटा प्लस मोनोटोनको ७९ लाख ९९ हजार, जेटा प्लस डुअल टोनको ८० लाख २९ हजार, अल्फा प्लस मोनो टोनलाई ८४ लाख ९९ हजार र अल्फा प्लस डुअलटोनको ८५ लाख २९ हजार रुपैयाँ पर्ने जनाइएको छ । यो शुरुवाती अफर अन्तर्गत छुट पछिको मूल्य हो ।

यस्तो छ नयाँ ब्रेजा (सवै भेरिएन्टको मूल्य सहित)
पुरानो भिटारा व्रेजाको तुलनामा निकै नै आकर्षक र स्पोर्टी देखिने नयाँ ब्रेजामा पनि ग्रान्ड भिटारा स्मार्ट हाइब्रिडमा जस्तै नेक्स्ट–जेन के सिरिजको १.५ लिटर डुअल जेट इन्जिन जडान गरिएको छ । नयाँ ब्रेजाले २०.१५ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

यो एसयूभीमा पनि ग्रान्ड भिटारामा जस्तै टिएफटी हेड अप डिस्प्ले, ९ इन्चको स्मार्टप्ले प्रो प्ल्स इन्फोटेन्मेन्ट सिस्टम, ३६० डिग्री क्यामेरा, क्यूआई प्रमाणित वायरलेस चार्जर, ६ वटा एयरव्याग, इलेक्ट्रोनिक स्ट्याविलिटी कन्ट्रोल र हिलहोल्ड असिस्ट जस्ता अत्याधुनिक फिचर दिइएको छ । यसमा रिभर्स पार्किङ सेन्सर, हाई स्पिड अलर्ट सिस्टम, आइएसओफिक्स चाइल्ड सिट रिस्ट्रेन्ट सहित अन्य २० भन्दा बढी सेफ्टी फिचर सामेल गरिएको छ ।

कुल ६ वटा भेरिएन्टमा उपलब्ध हुने यसको वेस भेरिएन्ट एलएक्सआइको मूल्य ४१ लाख ९९ हजार तोकिएको छ भने टप भेरिएन्ट जेडएक्सआई प्लस डुअल टोनको ५३ लाख २९ हजार निर्धारण गरिएको छ । अन्य भेरिएन्टमा भीएक्सआईको ४५ लाख ९९ हजार, भीएक्सआई मोनो टोनको ४७ लाख ९९ हजार, जेडएक्सआई डुअल टोनको ४८ लाख २९ हजार र जेडएक्सआई प्लस मोनो टोनको ५२ लाख २९ हजार रुपैयाँ तोकिएको छ, जुन शूरुवाती अफर अन्तर्गत छुट पछिको मूल्य हो ।

सम्बन्धित समाचारहरू

भारतमा डिलरहरुले लिन थाले ई–भिटाराको बुकिङ, नेपाल कहिले आउँछ ?

भारतमा डिलरहरुले लिन थाले ई–भिटाराको बुकिङ, नेपाल कहिले आउँछ ?

सुजुकीको पहिलो बिद्युतिय कार ई–भिटारा छिट्टै लन्च हुने तयारीमा छ । भारतमा...

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

यस्तो छ २०२४ मा भारतीय बजारमा सबैभन्दा बढी बिक्री भएका गाडी

२०२४ मा सबैभन्दा बढी बिक्री हुने कारको तथाङ्क सूची सार्वजनिक भइसकेको छ ।...

परिष्कृत इन्जिनमा आयो सुजुकी एसप्रेसो, माइलेज १७ प्रतिशत सम्मले बृद्धि

परिष्कृत इन्जिनमा आयो सुजुकी एसप्रेसो, माइलेज १७ प्रतिशत सम्मले बृद्धि

मारुती सुजुकीले एसप्रेसोलाई परिष्किृत इन्जिनसहित बजारमा ल्याएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...