कार विक्रीमा मारुती सुजुकीको वर्चस्व कायमै, व्रेजाले पछि पार्यो टाटा नेक्सनलाई

भारतको सवैभन्दा ठूलो प्यासेन्जर कार निर्माता मारुती सुजुकीले विक्रीमा आफ्नो दवदवा कायमै राखेको छ । फेव्रुअरी महिनामा भारतीय बजारमा सर्बाधिक विक्री हुने १० कारको सुचीमा सुजुकीको मात्रै ७ वटा मोडल सामेल भएपछि उसको दवदवा कायमै रहेको पुष्टि भएको हो ।

गत महिना भारतमा सर्बाधिक विक्री हुने कारको सूचीमा सुजुकीको वलेनो पहिलो स्थानमा रहेको छ । वलेनो १८ हजार ५९२ यूनिट विक्री हुँदै सूचीको पहिलो स्थानमा रहन सफल भएको हो । यसैगरी सुजुकीकै स्विफ्ट १८ हजार ४१२ र अल्टो १८ हजार ११४ यूनिट विक्री हुँदै सुचीको दोस्रो र तेस्रो स्थानमा रहन सफल भए ।

चौथो स्थानमा रहेको वागन आर १६ हजार ८८९ विक्री हुँदा १६ हजार ७९८ युनिट विक्री हुँदै डिजायर पाँचौ स्थानमा रह्यो । छैठौँ स्थानमा रहेको व्रेजा कुल १५ हजार ७८७ युनिट विक्री भयो । जनवरीमा १४ हजार ३५९ युनिट विक्री हुँदै व्रेजा सुचीको सातौ स्थानमा रहेको थियो । सो महिना व्रेजाको विक्रीलाई टाटा नेक्सन र हुन्डाई क्रेटाले पछि पारकोे थियो ।

जनवरीको तुलनामा व्रेजाको विक्री वढ्नु तथा नेक्सन र क्रेटाको विक्री घट्नुले गत महिना यो एसयूभी भारतमा सर्वाधिक विक्री हुने एसयूभी वनेको छ । फेव्रुअरीमा नेक्सन १३ हजार ९१४ यूनिट विक्री हुँदै सूचीको ७ स्थानमा पुगेको छ । जवकी जनवरीमा यो एसयूभी १५ हजार ५६७ युनिट विक्री हुँदै सूचीको पाँचौ स्थानमा रहको थियो भने एसयूभी सेग्मेन्टमा पहिलो वनेको थियो ।

सूचीको आँठौ स्थानमा सुजुकीकै इको भ्यान पर्न सफल भएको छ । गत महिना इको ११ हजार ३५२ युनिट विक्री भएको हो । नवौं स्थानमा टाटा पन्चले आफ्नो स्थान सुरक्षित गरेको छ । पन्च ११ हजार १६९ युनिट विक्री भएको थियो ।

जनवरीमा सूचीको छैठौ स्थानमा रहन सफल हुन्डाई क्रेटा १० औँ स्थानमा पुगेको छ । गत महिना क्रेटा १० हजार ४२१ युनिट विक्री भएको हो । जवकी जनवरीमा क्रेटाले १५ हजार ३७ युनिट विक्री हाँसिल गरेको थियो ।

सम्बन्धित समाचारहरू

अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

अब एस–क्रस बजारमा नआउने, टोयोटा र मारुतीले संयुक्त रुपमा ल्याउदै एसयूभी भिटारा

मारुती सुजुकी इन्डियाले एस–क्रस एसयूभीको उत्पादन बन्द गरेको छ । यद्यपि...

भारतीय सेनाले मारुती सुजुकी जिप्सीको सट्टा प्रयोग गर्न थाल्यो जिम्नी

भारतीय सेनाले मारुती सुजुकी जिप्सीको सट्टा प्रयोग गर्न थाल्यो जिम्नी

भारतीय सशस्त्र बलले आधिकारिक रूपमा जिप्सीलाई नयाँ मारुती सुजुकी जिम्नी...

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

टीभिएस एनटर्कमा सबैभन्दा छिटो यात्रा तय गरेर कायम भयो नयाँ रेकर्ड

एनटर्क स्कुटरमा कन्याकुमारीदेखी लेहसम्मको यात्रा मात्र १२६ घन्टा १४...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...