तीन दिनपछि सुजुकीका दुई नयाँ एसयूभी लन्च हुने, यस्ता छन् विशेषता

सुजुकी गाडीको नेपालका लागि आधिकारिक विक्रेता सिजी मोटोकर्पले शुक्रवार दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । कम्पनीले मिड साइज एसयूभी ग्रान्ड भिटरा र सव फोर मिटर एसयूभी व्रेजालाई औपचारिक लन्च गर्न लागेको हो । यी दुईवटै एसयूभीलाई कम्पनीले केही समययता सोरुममा पठाएर वुकिङ लिँदै आएको छ ।

मारुती सुजुकीले भारतमा निर्माण गरेको यी दुई एसयूभी मध्ये व्रेजा यसअघिको भिटारा व्रेजाको नयाँ अवतार हो भने ग्रान्ड भिटारा ब्रान्ड न्यू मोडल हो । व्रेजाको शुरुवाती मूल्य ४२ लाख र ग्रान्ड भिटाराको ८० लाख हाराहारी मूल्य निर्धारण गरेर विक्री शुरु गर्न लागिएको हो ।

यी दुई एसयुभीमा समान क्षमताको इन्जिन जडान गरिएको छ । दुवै एसयूभीमा १.५ लिटर के १५ सी इन्जिन जडान गरिएको हो । एउटै इन्जिन भएका कारण दुवै एसयूभीको पावर र टर्क समेत समान छ । यी दुवै एसयूभीले १०३ एचपी पावर र १३६ एनएम टर्क जेनेरेट गर्छन् ।

व्रेजामा प्याडल सिफ्टर सहित ५–स्पिड म्यानुअल र ६–स्पिड अटोमेटिक गियरबक्स दिइएको छ भने ग्रान्ड भिटरामा ५ स्पीड म्यानुअल र ६ स्पीडको टर्क कन्भर्टर गियरबक्स दिएको छ । ग्रान्ड भिटरामा इन्जिनसँग सिन्क्रोनास एसी मोटर जडान गरिएको छ ।

यो हाइब्रिड इन्जिनको संयुक्त पावर ११४ बीएचपी र टर्क १४१ एनएम रहेको छ । हाइव्रिड इन्जिका कारण यसको माइलेज समेत उच्च छ । ग्रान्ड भिटराले २८ किलोमिटर माइलेज दिने दावी गरिएको छ ।

व्रेजामा ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र फ्ल्याट बटम स्टेयरिङ छ । त्यसैगरी ३६० डिग्री क्यामेरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, १२ भोल्टको सकेट र पुस स्टार्ट स्टप बटन दिइएको छ । उता ग्रान्ड भिटरामा पनि ४० भन्दा बढी कनेक्ट फिचर सहितको ९ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम र फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर पाउन सकिन्छ ।

टप भेरियन्टमा अगाडि दुबै सिटमा भेन्टीलेटेड सिट छ भने ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, वायरलेस चार्जर, डिभाइस लेफ्ट अलर्ट सिस्टम पनि पाउन सकिन्छ । यी दुवै एसयूभीमा पनारोमिक सनरुफ समेत दिइएको छ ।

सुरक्षाका लागी यी दुईवटै एसयूभीमा ६ वटासम्म एयर व्याग दिएको छ । दुवै एसयूभीमा इलेक्ट्रोनीक स्टेविलीटी कन्ट्रोल, टायर प्रेसर मोनिटरीङ सिस्टम र चारवटै चक्कामा डिसब्रेक दिइएको छ । साथै, चालकको सहजताका लागि हिलहोल्ड असिस्ट, हिल डिसेन्ट कन्ट्रोल र टीपीएमएस जस्ता सुविधा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

नेपालमा देखियो भारतमा सर्बाधिक बिक्री हुने सुजुकी एक्सेस स्कुटर, चाँडै लन्च हुने संकेत

काठमाडौँ – भारतमा लगातार १० वर्षदेखि बिक्रीको आधारमा नम्बर १ पोजिसनमा...

सुजुकी एक्सेस १२५ ले पार गर्यो ५० लाख युनिट उत्पादन, नेपालमा किन हुन सकेन सफल

सुजुकी एक्सेस १२५ ले पार गर्यो ५० लाख युनिट उत्पादन, नेपालमा किन हुन सकेन सफल

सुजुकी टु ह्विलरको लोकप्रिय स्कुटर एक्सेस १२५ ले ५० लाख युनिट उत्पादनको...

सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

सुजुकीको नयाँ क्रसओभर फ्रंक्स, यस्तो छ विशेषता

मारुती सुजुकीले भारतमा जारी अटो एक्सपो २०२३ मा नयाँ क्रसओभर फ्रंक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...