सुपर स्प्लेन्डरको ‘एक्सटेक’ भेरिएन्ट सार्वजनिक, ६८ किलोमिटर माइलेज दिने दावी

हिरो मोटो कर्पले सुपर स्प्लेन्डरको नयाँ भेरिएन्ट एक्सटेक सार्वजनिक गरेको छ । १२५ सिसीको यो नयाँ मोटरसाइकलको शुरुवाती मूल्य ८३ हजार ३६८ भारतीय रुपैयाँ तोकिएको छ । यो मोटरसाइकलले एक लिटर पेट्रोलको खपतमा ६८ किलोमिटर माइलेज दिने दावी छ ।

एक्सटेकमा व्लुटुथ कनेक्टिभिटी सहितको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ । जहाँ राइडरले फोन आएको, एसएमएस र मोवाइलको व्याट्री लेवलवारे जानकारी पाउन सक्नेछन् । साथै वाइकमा उपलब्ध पेट्रलले कति किलोमिटर यात्रा गर्न सकिन्छ भन्ने वारे समेत जानकारी लिन सक्नेछन् ।

यो नयाँ मोटरसाइकलको एलइडी हेडलाइट, भाइजर, डुअल टोन स्ट्रिप र रिम टेपमा नयाँ पन पाउन सकिन्छ । तीनवटा कलर अप्सनमा उपलब्ध एक्सटेकको पावर १०.८४ एचपी र टर्क १०.६ एनएम रहेको छ ।

ड्रम र डिस्क व्रेकमा उपलब्ध यसको डिस्क व्रेक जडित भेरिएन्टलाई ८७ हजार २६८ भारतीय रुपैयाँ पर्छ । यो नयाँ मोटरसाइकल अवको केही समयपछि नेपाली बजारमा समेत उपलब्ध हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...