सुजुकीले वाहिर ल्यायो वर्गम्यान स्ट्रिट इलेक्ट्रिक स्कुटरको प्याटेन्ट डिजाइन
सुजुकीले निकट भविष्यमै बजारमा उतार्ने तयारी गरिरहेको वर्गम्यान स्कुटरको...
सुजुकीले आफ्नो लोकप्रिय अफरोड एसयूभी जिम्नीलाई नयाँ एडिसनमा उतारेको छ । हेरिटेज एडिसन नामले आउन लागेको यो एसयूभीलाई कम्पनीले अष्ट्रेलियामा सार्वजनिक गरेको हो । यो एसयूभी जम्मा ३०० युनिटमा उत्पादन हुने जनाइएको छ ।
यसअघिको थ्री डोर जिम्नीमा कस्मेटिक अपडेट गरेर सार्वजनिक गरिएको यो नयाँ एडिसनमा मेकानिकल परिवर्तन भने गरिएको छैन । यसको साइड र रियर प्रोफाइलमा ओरेन्ज र रेड स्ट्रिप सहितको स्पेशल रेट्रो थिम ग्राफिक्स थप गरिएको छ ।
रेगुलर जिम्नीमा जस्तै यसमा पनि १.५ लिटर पेट्रोल इन्जिन जडान गरिएको छ । जसको पावर १०५ एचपी र टर्क १३४ एनएम रहेको छ । यो नयाँ एडिसन ५ स्पिड म्यानुअल गियरवक्समा मात्र उपलब्ध हुने सुजुकीले जनाएको छ । यसमा सुजुकीको ‘अल ग्रिप प्रो फोर ह्विल ड्राइभ’ सिस्टम दिइएको छ ।
रेगुलर जिम्नीमा जस्तै यसमा पनि एलइडी प्रोजेक्टर हेडल्याम्प, ७ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट, रिभर्स क्यामेरा, क्लाइमेट कन्ट्रोल र लेदर वेरिएको स्टेरिङ ह्विल लगायत फिचर उपलब्ध छ । यो स्पेशल एडिसन हालका लागी अस्ट्रेलियमा मात्र उपलब्ध हुने जनाइएको छ ।
सुजुकीले निकट भविष्यमै बजारमा उतार्ने तयारी गरिरहेको वर्गम्यान स्कुटरको...
केही दिन पहिला मारुती सुजुकी बलेनोको अपडेट भर्सन सार्वजनिक भएको थियो । सो...
मारुती सुजुकीले हालै लन्च भएको नयाँ स्विफ्ट ग्राहकलाई दिन थालेको छ । चौथो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...