नोभेम्बर ८ मा सार्वजनिक हुँदै रोयल इन्फिल्ड सुपर मेटियर ६५०, टिजर सार्वजनिक
रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी...
काठमाडौं – नेपालका लागि रोयल इन्फिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभले आगामी फागुन १९ र २० गते रिसेस राइड आयोजना गर्ने भएको छ ।
सडक सुरक्षा जागरुकता, सवारी सुरक्षा जागरुकता र आन्तरिक पर्यटन प्रर्वद्धन गर्ने उदेश्यले सो कार्यक्रम आयोजना गर्न लागेको अल्फा अटोमोटिभले जनाएको छ ।
फाल्गुन १९ गते विहान ६ बजे रोयल इनफिल्डको नक्साल सोरूमबाट सुरु हुने सो राइड थान्कोट–नागढुङ्गा–नौबिसे–बैरेनी–बेनिघाट–कुरिन्टार–मुग्लिङ्–आबु खैरेनि–डुम्रे हुँदै सोही दिन बन्दीपुर पुग्नेछ ।
बन्दीपुर पुगेपछि राइडरहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम र अन्तरक्रियात्मक कार्यक्रमहरु हुनेछन् । फागुन २० गते बिहानको खाजा खाएपछि राइडरहरूको टोली अनुशासित ढंगले आ–आफ्नै गन्तव्य फर्किनेछन र कार्यक्रम समापन गरिने छ ।
रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर राइडमा सहभागी हुन सक्ने अल्फा अटोमोटिभले जनाएको छ ।
राइडरहरूले रोयल इन्फिल्डबाट विशेष उपहार समेत प्राप्त गर्ने छन् । कार्यकममा सहभागी हुन फागुन १६ भित्र फारम बुझाइसक्नु पर्ने समेत अल्फा अटोमोटिभले जानकारी दिएको छ ।
रोयल इन्फिल्ड सुपर मेटियर ६५० बाइकको टिजर सार्वजनिक भएको छ । सो बाइक आगामी...
रोयल इन्फिल्डले आफ्नो नयाँ बाइक हन्टर ३५० लन्च गर्ने तयारी गरेको छ । ३५०...
नेपाली बजारमा उपलब्ध रोयल इन्फिल्ड मोटरसाइकलको मूल्यमा भारी मात्रामा कमी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...