अव विद्युतीय गाडी पनि एक्सचेन्ज गर्न सकिने, हुन्डाईले ल्यायो अफर

काठमाडौं – नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल आफ्नो विद्युतीय गाडीहरुमा आकर्षक एक्सचेन्ज अफरको सुरु गरेको छ । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक रहेको कम्पनीले ‘अपग्रेड योर जर्नि विथ आयोनिक फाइभ’ भन्ने नारासहित एक्सचेन्ज अफर सुरु गरेको हो ।

जस अन्तर्गत ग्राहकहरुले आफ्ना कुनै पनि विद्युतीय गाडी ल्याई नेपालमा सर्वाधिक रुचाइएको हुन्डाईको विद्युतीय गाडी कोना वा आयोनिकसँग साट्न सक्नेछन् ।

यो एक्सचेन्ज योजनामा कोनाको न्युनतम एक्सचेन्ज मूल्यांकन ४० लाख कायम गरिएको छ जुन हालसम्मको मूल्यांकनमा सबभन्दा बढी भएको कम्पनीले बताएको छ ।

कम्पनीको अनुसार यो अभियानले नयाँ र विकसित विद्युतीय सवारी साधनमा अपग्रेड गर्न खोजिरहेका ग्राहकहरूका लागि उत्कृष्ट अवसर दिनेछ ।

यस अफरको फाइदा उठाएर, ग्राहकहरूले आफ्नो पुरानो कोना ईभीको उचित मूल्य प्राप्त गर्नुका साथै नयाँ कोना इलेक्टिक वा आयोनिक फाइभको उत्कृष्ट सुविधाहरू र राम्रो पर्फर्मेन्सको आनन्द उठाउन सक्ने कम्पनीले बताएको छ ।

यो एक्सचेन्ज अफर योजना नेपालभरिको हुन्डाई सोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ थर्ड जेनेरेसन हुन्डाई आई२०, लुक्स, डिजाइन र फिचर्समा व्यापक परिवर्तन

यस्तो छ थर्ड जेनेरेसन हुन्डाई आई२०, लुक्स, डिजाइन र फिचर्समा व्यापक परिवर्तन

प्रिमियम ह्याचब्याक सेग्मेन्टमा सर्बाधिक रुचाइएको हुन्डाई आई२० को नयाँ...

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

यी हुन् हुन्डाईको नयाँ भरनामा छुटेका ५ फिचर

हुन्डाई मोटर्स इन्डियाले हालसालै नयाँ भरना लन्च गरेको छ । छैँठौ...

‘ड्राईभ फर अ कज’ कार्यक्रम आयोजना गर्दै लक्ष्मी ई–मोबिलिटी

‘ड्राईभ फर अ कज’ कार्यक्रम आयोजना गर्दै लक्ष्मी ई–मोबिलिटी

काठमाण्डौ–केई ईभीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...