स्मार्ट सिरोजेनिक्स बन्यो सुजुकीको नेक्स्ट जेन शोरुम

काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक सीजी होल्डिङ्सले आधिकारिक डिलरको रुपमा काठमाडौंको नक्सालमा अवस्थित पमा स्मार्ट सिरोजेनिक्सलाई नियुक्त गरेको छ ।

स्मार्ट सिरोजेनिक्स शोरूमको उद्घाटन सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण कुमार चौधरी र शिरोहिया ग्रुपका अध्यक्ष गोपाल प्रसाद शिरोहियाले संयुक्त रुपमा गरे ।

कम्पनीले बजारमा उपलब्ध गराउने विभिन्न मोडलहरु मध्ये प्रिमियम सेगमेन्टका सवारी साधनहरुको बिक्री व्यवस्थापन गर्न ल्याएको सीजी नेक्स्टजेनको अवधारणा अन्तर्गत उक्त शोरुम संचालन हुनेछ ।

सवारी साधन खरिदकर्ता ग्राहकलाई सवारी साधनको खरिदप्रति उच्च एवं स्मरणीय अनुभव प्रदान गर्नु नै सीजी नेक्स्टजेन च्यानलको बेन्चमार्क पनि हो । ग्राहकहरुलाई सहज र झन्झट मुक्त अनुभव प्रदान गर्न नयाँ सोरुम डिजाइन गरिएको कम्पनीको भनाइ छ ।

सीजी नेक्स्टजेन मार्फत सुजुकी ब्रान्डका प्रिमियम गाडीहरु उपलब्ध हुनेछन् भने ग्राहकवर्गहरुले गाडी खरिद गर्दाको अनुभव फरक र उच्चस्तरीय भएको पाउने बताइएको छ ।

उक्त स्टेट अफ द आर्ट शोरुमबाट ग्राहकहरुले सुजुकीको ग्रान्ड भिटारा, एसक्रस, अर्टिगा, एक्सएल६, डिजायर, इग्निस, बलेनो जस्ता प्रिमियम गाडीहरु खरिद गर्नु सक्ने छन् ।

शोरुममा टेस्ट राइड, एक्सचेन्ज र फाइनान्सका सुबिधा एउटै छानाबाट उपलब्ध गराइने छ ।

सम्बन्धित समाचारहरू

अब नेपालकै सबैभन्दा कम इन्धन खपत गर्ने कार सुजुकी सेलेरियो : सोरुमहरुमा गरियो सार्वजनिक

अब नेपालकै सबैभन्दा कम इन्धन खपत गर्ने कार सुजुकी सेलेरियो : सोरुमहरुमा गरियो सार्वजनिक

काठमाडौं – नेपालका लागि सुजुकी चार पांग्रे सवारी साधनको आधिकारिक वितरक...

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

सुजुकीले पहिलो मिडसाइज इलेक्ट्रिक एसयूभी ईभीएक्स मोबिलिटी एक्सपो २०२५ मा लन्च गर्ने

मारुती सुजुकी इन्डिया लिमिटेडले अर्को वर्ष जनवरी १७ देखि हुने भारत...

मारुती सुजुकी डिजायर भारतको सबैभन्दा सुरक्षित सेडान कार, पायो ५ स्टार सेफ्टी रेटिङ

मारुती सुजुकी डिजायर भारतको सबैभन्दा सुरक्षित सेडान कार, पायो ५ स्टार सेफ्टी रेटिङ

मारुती सुजुकी डिजायरले भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार प्राप्त गर्दै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...