हेल्मेट पछि आवास ग्रुपले अब नेपालमै मिकाशा र ओक्साइड ब्रान्डका ब्याट्री उत्पादन गर्ने

बुटवल – नेपालको औद्योगिक एवं व्यापारिक नगरी बुटवलमा स्थापित आवास ग्रुपले अब मोटरसाइकल, ई– रिक्सा, इन्भर्टर तथा सोलारमा प्रयोग हुने नयाँ प्रविधिको उच्च गुणस्तरिय जेल ब्याट्री र लिड एसिड ब्याट्री उत्पादन गरी नेपाली बजारमा उपलब्ध गराउने भएको छ ।

आवास ग्रुपका प्रबन्ध निर्देशक महेश थैवले यस सम्बन्धी उत्पादन प्रक्रिया पुरा गरिसकेको र छिट्टै उत्पादन गरी बजारमा पठाइने बताए ।

सो ग्रुपले हाललाई मिकाशा र ओक्साइड ब्रान्डका ब्याट्रीहरु उत्पादन गरी बजारमा लैजाने बत।एको छ । थैवका अनुसार अत्याधुनिक प्रविधिबाट बन्ने जेल ब्याट्री र लिड एसिड ब्याट्री बजारमा पाइने सामान्य ड्राई ब्याट्री र एसिडिक ब्याट्री भन्दा धेरै टिकाउ, गुणस्तरिय र सुरक्षित पनि हुने छन् ।

मिकासा ब्रान्डका ब्याट्री दुईपाँग्रे, र ओक्साइड ब्रान्डका ब्याट्री तीनपाँग्रे तथा अन्य साधनहरुमा प्रयोग हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दुईपाँग्रे, तथा इलेक्ट्रिक रिक्सामा प्रयोग हुने ब्याट्रीमा दुइ वर्ष र अन्यमा तीन वर्षको वारेन्टी उपलब्ध हुने र यी ब्याट्रीहरु मेन्टिनेन्स फ्रि हुनेछन् । कम्पनीले निकट भविष्यमा लिथियम आयन व्याट्री पनि उत्पादन गर्नका लागि अध्ययन गरिरहेको जनाएको छ ।

आवास ग्रुपले पहिले देखि नै यती ब्रान्डको हेल्मेटका साथै मयुरी ब्रान्डको लेगगार्ड समेत उत्पादन गरिरहेको छ । आवास ग्रुप अन्तर्गत रुपन्देहीमा दर्जन भन्दा बढी उद्येगहरु संचालनमा छन् । यस ग्रुप अन्तर्गत सीपी फिटिङ, जीआई फिटिङ, प्लाष्टिकका सामानहरु, सीपीभीसी तथा यूपीभीसी पाइप एन्ड फिटिङ, कोल्ड ड्रिक्स तथा जुस, विभिन्न प्रयोजनका रबर तथा ग्यास्केटहरु, फर्निचर, स्टिल सिंक तथा स्टिल सामग्री, गार्मेन्ट, जुत्ता आदि उत्पादन गर्ने दर्जनौ उद्योगहरु संचालनमा छन् ।

नेपालको आयातमुखी व्यापार घाटालाई कम गरी स्वदेशी पुँजी विदेश जानबाट रोक्न महत्वपूर्ण भूमिका खेलेको यस ग्रुपले ३ हजार भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ ।

सम्बन्धित समाचारहरू

रुसले कार र अटो पार्ट्सको निर्यात लगायो प्रतिबन्ध : कस्तो होला प्रभाव

रुसले कार र अटो पार्ट्सको निर्यात लगायो प्रतिबन्ध : कस्तो होला प्रभाव

रुसले युक्रेनमा आक्रमण गरेदेखि हालसम्म अमेरिका र युरोपका देशले रुसमाथि...

शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

शुरु भयो चिसो मौसम : बाइकलाई यसरी गरौ कोल्ड स्टार्ट (श्रीदुश इन्टरनेसनलको टिप्स)

चिसो मौसममा विहान बाइक स्टार्ट गर्न समस्या हुन्छ । रातको चिसो मौसममा...

बाइक चलाउँदा क्लच किन थिचिन्छ ? जान्नुहोस् यसको काम, महत्व र सावधानी

बाइक चलाउँदा क्लच किन थिचिन्छ ? जान्नुहोस् यसको काम, महत्व र सावधानी

यदि तपाईं बाइक चलाउनुहुन्छ भने गियर परिवर्तन गर्नु अघि क्लच थिच्नु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...