स्मार्ट लुब्रिकेन्ट्स अझ स्मार्ट बन्दै, दोस्रो डिलर सम्मेलन सम्पन्न
गौरादह – झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो...
काठमाडौं – गल्फ लुब्रिकेन्टले हालै सम्पन्न भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा उत्साहजनक सहभागिता जनाएको छ । नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेसनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले आयोजना गरेको सो क्याम्पमा सहभागिता जनाएको हो ।
गत माघ ८ देखि फागुन ३ सम्म काठमाडौँ उपत्यकाभरीका ६ वटा स्थानमा सो सर्भिस क्याम्प सम्पन्न भएको थियो । भेस्पा र अप्रिलिया स्कुटर ग्राहकका लागि लक्ष्यित सो क्याम्पमा निःशुल्क सर्भिसिङ गरिनुका साथै इन्जिन आयल परिवर्तन गरिएको थियो ।
गल्फ लुब्रिकेन्ट भेस्पा र अप्रिलिया स्कुटरको निमित्त आधिकारिक ल्युब पार्टनर रहेको र यसले उक्त दुवै ब्रान्डका स्कुटरहरुको इन्जनको निमित्त आवश्यक विश्वस्तरिय गुणस्तरको ल्युव उत्पादन गर्दै आइरहेको छ ।
सो क्याम्पमा सहभागी १ हजार ८ सय भन्दा धेरै ग्राहक मध्ये ६ भाग्यशाली ग्राहकलाई नेपाल ल्युब आयलको तर्फबाट लक्की ड्रमार्फत आकर्षक उपहार प्रदान गरिएको थियो। लक्की ड्रबाट निश्चल कार्की (भक्तपुर), कृष्ण नगबशी (बनेपा), राजेश प्रसाई (एकान्तकुना), शान्ति माया मगर (गहनापोखरी), अमीर मान भट्टाचार्य (झम्सिखेल) र राजु गुरुङ (बालाजु) बिजेता बनेका थिए ।
भेस्पा र अप्रिलिया स्कुटरका ग्राहकहरुलाई इन्जिन, ल्युब र समय समयमा गर्नुपर्ने सर्भिसिङको लाभ र गल्फ लुब्रिकेन्ट्सको गुणस्तरीयता र उपादेयता सम्बन्धमा सुसूचित चत गर्न र गल्फ लुब्रिकेन्टलाई निरन्तरता दिन सो कार्यक्रम आयोजना गरिएको नेपाल ल्युब आयलले जनाएको छ ।
फ्युल रिटेल र लुब्रिकेन्टको क्षत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउछ । नेपालमा गल्फ ब्रान्ड बिगत ३८ बर्ष देखि लगातार ग्राहकवर्गको रोजाईमा पर्दै आएको कम्पनीको भनाइ छ ।
गौरादह – झापाको गौरादहमा उत्पादित स्मार्ट लुब्रिकेन्ट्सले आफ्नो...
काठमाडौं – गल्फ लुब्रिकेन्टको वितरक तथा उत्पादक नेपाल ल्युव आयल लिमिटेडले...
काठमाडौं । नेपालमा हाल गल्फ लुब्रिकेन्टको बिक्री वितरण गरिरहेको चौधरी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...