आयो सुजुकी ’पर्वोत्सव’ २०८१ योजना, ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शून्य खर्च
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...
मारुती सुजुकीको नयाँ क्रसओभर कार फ्रोङ्क्स लन्च हुनुभन्दा अघि नै ७ हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ । यसले क्रेटा र नेक्सन जस्ता कारसँग प्रतिस्पर्धा गर्नेछ । फ्रोङ्क्स एसयूभी बलेनोको च्यासिसमा बनेको हो । यसको मूल्य मारुती सुजुकी ब्रेजा भन्दा कम हुनेछ ।
नयाँ फ्रोङ्क्सको डिजाइन ग्राण्ड भिटारा जस्तै भएकोले बलेनो भन्दा फ्रोङ्क्स आकर्षक हुने अनुमान गरिएको छ । मारुती सुजुकी बलेनोमा सुजुकी लोगो, डीआरएल, टेलल्याम्प र अलोय ह्विलको ब्रान्डिङसहित ठूलो फ्रन्ट ग्रिल समावेश गरिएको छ । फ्रोङ्क्सको डिजाइन बलेनो र ग्राण्ड भिटाराको डिजाइनबाट तयार पारिएको हो । यसमा स्लीक हेडल्याम्प डिजाइन, टेलल्याम्प, ड्युअल टोन प्लस इन्टेरियर समावेश छ ।
बलेनोमा ६ एयर–ब्याग, एन्टी–शेक कन्ट्रोल, हेड–अप डिस्प्ले, ३६० डिग्री भ्यू क्यामेरा र एड्भान्स भ्वाइस असिस्टसहितको नयाँ ९ इन्चको स्मार्टप्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ ।
फ्रोङ्क्समा एटी मोडलमा मात्र वायरलेस चार्जर, ३६० डिग्री भ्यू क्यामेरा, हेड अप डिस्प्ले र प्याडल सिफ्टर, ९ इन्चको स्मार्ट प्ले प्रो प्लस इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ । फिचरका हिसाबले दुबै कार लगभग समान छ ।
फ्रोङ्क्सको टप मोडलमा बलेनोमा जस्तै १.२–लिटर के–सिरिज पेट्रोल इन्जिन समावेश छ, जसमा ५ स्पिड एएमटी र ५ स्पिड म्यानुअल ट्रान्समिसन जडान छ । सो इन्जिनले ८८ बीएचपीको पावर र ११३ एनएमको टर्क जेनेरेट गर्छ ।
यसलाई सीएनजी भर्सनमा पनि लन्च गरिनेछ । साथै फ्रोङ्क्सको टप मोडलमा १.० लिटर बुस्टर जेट इन्जिन पनि हुनेछ, जसले ९८ बीएचपीको पावर र १४७.६ एनएमको टर्क जेनेरेट गर्छ । बलेनोमा भने १.२–लिटर के–सिरिज पेट्रोलमा मात्र उपलब्ध छ ।
काठमाडौं – नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी...
इलेक्ट्रिक कारबीच हुने प्रतिस्पर्धा फर्मुला–ई रेसिङ आयोजना गर्ने कम्पनी...
२०२३ सुजुकी वागन आर फेसलिफ्ट अपडेट डिजाइन, स्पोर्टी लुक र हाइटेक फिचर सहित...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...