२९ वर्ष पुरानो यो बाइकले तोड्यो सबै कीर्तिमान, यस्तो छ विशेषता

हिरो स्प्लेन्डर भारतमा सबैभन्दा बढी बिक्री हुने कम्युटर बाइक हो । २०२२ मा सबैभन्दा धेरै बिक्री हुने बाइकको सूचीमा स्प्लेन्डर पहिलो नम्बरमा थियो । २९ वर्षअघि लन्च गरिएको स्प्लेन्डर गत वर्ष २६ लाख ६५ हजार ३८६ जनाले खरिद गरेका थिए ।

हिरो स्प्लेन्डर बाइक सन् १९९४ मा सीडी१०० को नयाँ भर्सनको रूपमा लन्च गरिएको थियो । सन् २०११ मा स्प्लेन्डर पहिलो पटक पावर स्टार्ट सिस्टम र नयाँ इन्जिनको साथ लन्च गरिएको थियो । सो बाइक हाल हिरो स्प्लेन्डर प्लस, हिरो सुपर स्प्लेन्डर र हिरो स्प्लेन्डर प्लस एक्सटेक ३ मोडलमा उपलब्ध छ ।

माइलेज
हिरो स्प्लेन्डर पछि अन्य बाइकमा पनि माइलेजमा विशेष चासो राख्न थालियो । हिरो स्प्लेन्डरले अझ पनि ६० किलोमिटरको माइलेज दिन्छ । तर, कम्पनीले यो भन्दा बढी माइलेज दिने दाबी गरेको छ ।

इन्जिन
सुपर स्प्लेन्डरमा १२४.७ सीसी, स्प्लेन्डर प्लस र एक्सटेकमा ९७.२ सीसीको फोर स्ट्रोक इन्जिन उपलब्ध छ । बाइकको बीएस६ अनुरूप ९७.२ सीसी फ्युल इन्जेक्टेड इन्जिनले ७.९ बीएचपीको पावर र ८.०५ एनएम टर्क उत्पादन गर्छ । सो बाइक खराब सडक, गाउँ र सामान ओसारपसारमा सजिलै प्रयोग गर्न सकिन्छ ।

मजबुती
स्प्लेन्डर एकदमै रफ र टफ बाइक हो । यसको आयु धेरै लामो छ । अहिले पनि २० देखि २५ वर्ष पुराना स्प्लेन्डर सडकमा देखिने गरेको छ । यो बाइक ग्रामीण क्षेत्रमा धेरै बिक्री हुन्छ । बाइकलाई थप व्यवहारिक बनाउन स्प्लेन्डरले ग्रयाब ह्यान्डल र साइड हिन्ज लगेज माउन्ट गर्ने जस्ता फिचर समावेश गरिएको छ ।

मेन्टिनेन्स
हिरो स्प्लेन्डर सर्भिसिङ गर्न कम खर्च लाग्छ । बाइकका पार्टपुर्जाहरू सजिलै उपलब्ध हुन्छ । साथै बाइकको रिसेल भ्याल्यु पनि निकै उच्च छ ।

मूल्य
हिरो स्प्लेन्डर बीएस६ मोडलको मूल्य ७३ हजार भारुबाट सुरु हुन्छ । सो बाइक आई३एस स्टार्ट–स्टप सिस्टम, कम्बाइन्ड ब्रेकिङ र नयाँ ग्राफिक्सको साथमा उपलब्ध छ ।

सम्बन्धित समाचारहरू

हिरो बाइक किन्दा ७ हजार नगद छुट, लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार उपहार

हिरो बाइक किन्दा ७ हजार नगद छुट, लक्की ड्रमार्फत हरेक हप्ता २५ हजार उपहार

काठमाडौं–हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक सीजी...

हिरो बाइकको वारेन्टी दायित्व ब्यहोर्न सक्दैनौं– नेपाल जेनरल मार्केटिङ

हिरो बाइकको वारेन्टी दायित्व ब्यहोर्न सक्दैनौं– नेपाल जेनरल मार्केटिङ

काठमाडौं– नेपाल जेनरल मार्केटिङले हिरो मोटरसाइकल तथा स्कुटरको वारेन्टी...

हिरो डेस्टिनीको नयाँ संस्करण फेस्टिभ सिजन अघि लन्च हुने, पहिलो टिजर सार्वजनिक

हिरो डेस्टिनीको नयाँ संस्करण फेस्टिभ सिजन अघि लन्च हुने, पहिलो टिजर सार्वजनिक

हिरो मोटोकर्पले आफ्नो सबैभन्दा बढी बिक्री हुने स्कुटर हिरो डेस्टिनी १२५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...