सुनराका इलेक्ट्रिक स्कुटरको मूल्य सूची सार्वजनिक, दुई मोडल आउँदै

काठमाडौं – नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ इलेक्ट्रिक स्कुटर ब्रान्ड सुनराको मूल्य सूची सार्वजनिक भएको छ । सुनराका दुई मोडल रोबो–एस र हक नेपाली बजारमा भित्रिने छन् । यही फेब्रुअरी महिनामै यी स्कुटर नेपाल भित्रिने बताइएको छ ।

नेपाली बजारमा बेनेलीका बाइक र स्कुटर उपलब्ध गराइरहेको केटीएम इन्टरनेसनल ट्रेडिङको सिस्टर कन्सर्न इटालिया मोटोवर्क्सले यी स्कुटर नेपाली बजारमा उपलब्ध गराउने छ ।

सुनरा रोबो–एसको मूल्य ३ लाख ७९ हजार रुपैयाँ हुनेछ । त्यसैगरी सुनरा हक मध्ये सिंगल ब्याट्रीयुक्त हकको मूल्य २ लाख ३६ हजार र र डबल ब्याट्रीयुक्त हकको मूल्य ३ लाख १७ हजार रुपैयाँ हुनेछ ।

सुनरा रोबो–एसमा ३ हजार वाटको मोटर छ भने हकमा १ हजार ८ सय वाटको मोटर छ ।

रोबो–एसमा ३ हजार वाटको रेटेड पावर र ४ हजार ३ सय वाटको पिक पावर भएको मोटर हुनेछ । सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । सो ब्याट्रीलाई ४ देखि साढे ४ घण्टामै फुल चार्ज गर्न सकिन्छ ।

सुनरा हकमा पनि विभिन्न आकर्षक फिचर रहेका छन् ।

सम्बन्धित समाचारहरू

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

चिनियाँ ब्रान्डसँग प्रतिस्पर्धा गर्न पेरोडुवाको नयाँ रणनीतिः आफ्टर सेल्स र रिसेल भ्यालुमा केन्द्रित

मलेसियाको सबैभन्दा ठूलो अटो निर्माता कम्पनी पेरोडुवाले आफ्ना ईभी फेरि...

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

लुयान : सर्भिस नेटवर्कमा अग्रणी ब्राण्ड, काठमाडौंमा मात्रै १४ स्थानमा विस्तार

काठमाडौं– नेपालमा इलेक्ट्रिक स्कूटरहरूको माग बढ्दो क्रममा छ । तीन दर्जन...

भारतीय बजेटको नेपाल प्रभाव : भारतीय ईभी अझै कम मूल्यमा उपलब्ध हुन सक्ने

भारतीय बजेटको नेपाल प्रभाव : भारतीय ईभी अझै कम मूल्यमा उपलब्ध हुन सक्ने

भारतीय वित्तमन्त्री निर्मला सीतारमणले हालै सार्वजनिक गरेकी आर्थिक वर्ष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...