सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra ev) का इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपाली बजारमा हाल बेनेलीका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले सुनराको इलेक्ट्रिक स्कुटर रोबो–एस भित्र्याउने बताएको छ ।

रोबो–एसको क्लिन एन्ड स्मुथ डिजाइनले धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । यसमा भएको इन्टिग्रेटेड एलईडी टेललाइट, ५ भोल्ट यूएसबी सेलफोन चार्जिङ, रिट्रयाक्टेबल फुटरेस्ट आदिले यात्रालाई सहज बनाउछ ।

क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ । यसमा भएको वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ । अघिल्लो भागमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानलमा विभिन्न जानकारी उपलब्ध हुन्छ ।

यो स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउछ भने कम्बाइन्ड ब्रेक सिस्टमले सुरक्षा प्रदान गर्छ ।

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा ३ हजार वाटको सुनरा मोटर रहेको छ ।

यो स्कुटरको मूल्य नेपाली बजारमा ३ लाख ८० हजार रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । आगामी फेब्रुअरी महिना सम्ममा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचारहरू

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

भारतीय बजारमा रेनोको पहिलो इलेक्ट्रिक कार आउँदै, कस्तो असर गर्ला टाटाको ईभीलाई ?

टाटाले हाल भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व जमाइरहेको छ र हाल...

नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नयाँ ५० किलोवाट आवर ब्याट्रीयुक्त बीवाईडी एट्टो ३ मा यी हुनेछन् पहिलेको एट्टो ३ भन्दा फरक फिचर

नेपाली बजारमा बीवाईडी एट्टो ३ को नयाँ भेरिएन्ट आउने भए पछि फेरि इलेक्ट्रिक...

प्योर ईभीको नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट नेपालमा : मूल्य ३ लाख ९९ हजार

प्योर ईभीको नयाँ इलेक्ट्रिक बाइक ईट्रिस्ट नेपालमा : मूल्य ३ लाख ९९ हजार

काठमाडौं – नेपाली बजारमा पछिल्लो समयमा नयाँ ब्रान्डका इलेक्ट्रिक बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...