सुनरा ईभीको इलेक्ट्रिक स्कुटर रोबो–एस नेपाली बजारमा भित्रिदै

काठमाडौं – चीनको प्रतिष्ठित इलेक्ट्रिक सवारी निर्माता कम्पनी सुनरा ईभी (Sunra ev) का इलेक्ट्रिक स्कुटर नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपाली बजारमा हाल बेनेलीका मोटरसाइकल तथा स्कुटर बिक्री–वितरण गरिरहेको केटीएम इन्टरनेसनल ट्रेडिङले सुनराको इलेक्ट्रिक स्कुटर रोबो–एस भित्र्याउने बताएको छ ।

रोबो–एसको क्लिन एन्ड स्मुथ डिजाइनले धेरैलाई लोभ्याउने अनुमान गरिएको छ । यसमा भएको इन्टिग्रेटेड एलईडी टेललाइट, ५ भोल्ट यूएसबी सेलफोन चार्जिङ, रिट्रयाक्टेबल फुटरेस्ट आदिले यात्रालाई सहज बनाउछ ।

क्रुज कन्ट्रोल प्रविधि तथा रिभर्स मोड समेत भएको यो स्कुटरमा थ्री स्पिड मोड रहेको छ । यसमा भएको वान टच स्टार्ट प्रविधिको सहयोगले टच गरेरै स्कुटर स्टार्ट गर्न सकिन्छ । अघिल्लो भागमा भएको डिजिटल इन्स्ट्रयुमेन्ट प्यानलमा विभिन्न जानकारी उपलब्ध हुन्छ ।

यो स्कुटरले प्रदान गर्ने २३० एनएम पिक टर्क र ७५ किलोमिटर प्रतिघण्टाको टप स्पिडले एकनास र स्मुथ खालको यात्रा अनुभव गराउछ भने कम्बाइन्ड ब्रेक सिस्टमले सुरक्षा प्रदान गर्छ ।

सुनरा रोबो–एस इलेक्ट्रिक स्कुटरमा ७२ भोल्ट २० एम्पियर आवरको डबल ब्याट्री प्रयोग गर्न सकिन्छ र यसले सिंगल चार्जमा १३५ किलोमिटर सम्मको रेन्ज दिन्छ । यसमा ३ हजार वाटको सुनरा मोटर रहेको छ ।

यो स्कुटरको मूल्य नेपाली बजारमा ३ लाख ८० हजार रुपैयाँको हाराहारी हुने अनुमान गरिएको छ । आगामी फेब्रुअरी महिना सम्ममा यो स्कुटर नेपाली बजारमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

सम्बन्धित समाचारहरू

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न मन्त्रालयको निर्देशन

फागुन मसान्तसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न मन्त्रालयको निर्देशन

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपालभर संचालन भएका...

४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर लन्च, के–के छन् विशेषता ?

४०० किलोमिटर रेन्ज दिने नयाँ इलेक्ट्रिक स्कुटर लन्च, के–के छन् विशेषता ?

सिम्पल इनर्जीले आफ्नो जेन–२ इलेक्ट्रिक स्कूटर लन्च गरेको छ । तीन...

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

टेस्ला भुलाउने दिपल एस०७, वेलकमिङ सिट देखि जेस्चर कन्ट्रोल सम्मका फिचरले भरिपूर्ण

पछिल्लो समय नेपालमा फयुचरिस्टिक ईभी आउने क्रम तीव्र गतिमा बढी रहेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...