यसरी ५ खर्बको कम्पनी बन्यो बन्द हुनै लागेको रोयल इन्फिल्ड
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...
काठमाडौं – काठमाडौंको सुकेधारास्थित रोयल इन्फिल्ड बाइकको आधिकारिक सर्भिस सेन्टर जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिले काठमाडौ देखि लमजुङ घलेगाउँ सम्मको यात्रा ‘राइड टु घलेगाउँ, लमजुङ’ आयोजना गर्ने भएको छ ।
आगामी शुक्रबार प्रारम्भ हुने सो यात्रा विहान ८ बजे शुरु हुनेछ । सोही दिन धादिङको खानीखोलामा खाजा नास्ता गर्दै मुग्लिन पुगेर खाना खाई बेलुकी घलेगाउँ गएर बास बस्ने जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिका म्यानेजिङ डाइरेक्टर जीवन थापाले जानकारी दिए ।
उक्त राइडमा लगभग ४० बटा बुलेट बाइक राइडर सहित करिव ६० जनाको उपस्थिति रहने राइडका क्याप्टेन प्रकाश देब गिरीले जानकारी दिए । दोस्रो दिन शनिबार राइडरहरु घलेगाउँ घुमेर लमजुङमै रहेको अर्को ठाउँ भुजुङ, घानापोखरा बास बस्ने छन् । सो बीचमा लमजुङमै रहेको श्री शैलपुत्री मावि धमिलिकुवालाई शैक्षिक सामग्री समेत हस्तान्तरण गरिने छ । आइतबार विहान काठमाडौं फर्किने सो राइड कार्यक्रमको तयारी छ ।
आफ्नो स्थापनाकाल देखि नै विभिन्न च्यारिटी राइड गर्दै आएको जिरो इन्जिनियरिङ मोटरसाइकल प्रालिले सधैं झै यो बर्ष पनि उक्त कार्यक्रम गर्न लागेको म्यानेजिङ डाइरेक्टर बिक्रम भट्टराईले बताए ।
आन्तरिक पर्यटन प्रवद्र्धन र भाइचाराको सम्बन्ध विस्तार गर्ने उद्देश्यका साथ रोयल इन्फिल्ड बाइक राइडरहरुका लागि यस्ता कार्यक्रम समय समयमा आयोजना गर्दै आएको छ ।
प्रायः हामी आर्थिक दृष्टिबाट सफल कसरी हुने भनी सोचिरहेका हुन्छौँ ।...
काठमाडौं – आगामी फेब्रुअरी १७ देखि १९ सम्म मुस्ताङमा आयोजना हुने नेपाल...
येज्दीको मोटरसाइकलले २६ वर्षपछि भारतीय बजारमा पुनरागमन गरेको छ । कम्पनीले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...