टाटा कारमा अव ३ वर्ष अर्थात १ लाख किलोमिटर वारेन्टि, सवै कार विएस६ फेज २ इन्जिनमा

टाटा मोटर्सले प्यासेन्जर कारको लाइनअपमा उपलब्ध आफ्ना सवै पेट्रोल कारलाई विएस६ फेज २ इन्जिन दिएको छ । ‘रियल ड्राइभिङ इमिसन’ नम्र्स समेत भनिने यो मापदन्डलाई अप्रिलदेखी अनिवार्य लागु गर्नुपर्ने भएसंगै टाटाले आफ्नो सवै कारमा नयाँ इन्जिन दिएको हो ।

नयाँ इन्जिनसंगै केही मोडलमा उसले फिचर समेत थप गरेको छ । डिजेल सेग्मेन्टमा भने कम्पनीले यसअघि नै ह्यारियर र सफारीमा यो नयाँ इन्जिन दिइसकेको छ भने अन्य मोडललाई पनि छिट्टै नयाँ मपदन्डका साथ उतार्ने योजना वनाएको छ ।

नयाँ इन्जिनको अलवा अल्ट्रोज र पन्चमा इन्जिन स्टार्ट÷स्टप फिचर थप भएको छ । यो फिचर थप भएसंगै कारको माइलेजमा सुधार आउने विश्वास लिइएको छ । यसैगरी टियागो र टिगोरमा टायर प्रेसर मोनिटरिङ सिस्टम थप भएको छ ।

साथै उसले वरेन्टि अवधी समेत वढाएको छ । टाटाको कारमा यसअघि ७५ हजार अर्थात २ वर्षको स्ट्यान्डर्ड वारेन्टि पाउँदै आएका ग्राहकले अव १ लाख किलोमिटर अर्थात ३ वर्षको वारेन्टि पाउनेछन् । नयाँ इन्जिनका साथ आउने टाटा कारमा २० प्रतिशत इथानोल समिश्रण गरेर समेत गाडी चलाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवाको पडसरीमा टाटा मोटर्स कार शोरुम

भैरहवा – टाटा मोटर्सले भैरहवाको पडसरीस्थित स्थित सिप्रदीको आधिकारिक डिलर...

ज्यागुअर ल्यान्ड रोभरको प्लेटफर्ममा बन्ने भयो टाटा अभिन्या ईभी

ज्यागुअर ल्यान्ड रोभरको प्लेटफर्ममा बन्ने भयो टाटा अभिन्या ईभी

टाटाले निकट भविष्यमा ल्याउने तयारी गरेको इलेक्ट्रिक कार अभिन्यालाई...

टाटा ईभीमा भ्यालेन्टाइन डे अफर : अब २४ लाख ९९ हजारमै टाटा टियागो ईभी

टाटा ईभीमा भ्यालेन्टाइन डे अफर : अब २४ लाख ९९ हजारमै टाटा टियागो ईभी

काठमाडौं – टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...