नेपाल आउदै हुन्डाईको नयाँ क्रेटा, मूल्य सार्वजनिक

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ क्रेटाको मूल्य सार्वजनिक गरेको छ । २०२३ मोडल क्रेटाको मूल्य कम्पनीले वेबसाइटमार्फत सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार नयाँ क्रेटा ई भेरिएन्टको मूल्य ५२ लाख ५६ हजार, एस भेरिएन्टको ५९ लाख ९६ हजार र एस प्लस भेरिएन्टको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

यस्तै टप भेरिएन्ट एसएक्सको मूल्य ६७ लाख ५६ हजार, एसएक्स (सीभीटी) को ७४ लाख ५६ हजार र एसएक्स (अप्सनल) सीभीटीको ७८ मूल्य ९६ हजार रुपैयाँ तोकिएको छ ।

नयाँ क्रेटाको फिचर र अन्य जानकारी भने कम्पनीले सार्वजनिक गरेको छैन । लामो समयको प्रतिबन्ध पश्चात हुन्डाईले क्रेटाका साथै अन्य गाडीहरु समेत भित्र्याउने तयारी गरिरहेको छ ।

हुन्डाईले नयाँ भेन्यु ल्याएर बिक्री शुरु गरिसकेको छ भने ग्रान्ड आई१० नियोसको मूल्य समेत सार्वजनिक गरेको छ ।

नेपाली बजारमा निकै नै रुचाइएको मोडल क्रेटाको नयाँ भर्सन पनि आगामी दिनमा ग्राहकले रुचाउने अपेक्षा कम्पनीले गरेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

जुलाई महिनामा भारतमा सवारी साधन बिक्रीमा उछाल, यी कम्पनीले बनाए रेकर्ड

कोरोनाको दोस्रो लहर सकिए लगत्तै भारतीय बजारमा जुलाई महिनामा गाडीको मागमा...

लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

लन्च हुनु पहिले होन्डा एलिभेटका विभिन्न भेरिएन्टको फिचर सार्वजनिक

होन्डाले आफ्नो नयाँ एलिभेट एसयूभी ४ सेप्टेम्बर अर्थात सोमबार लन्च गर्दैछ...

हुन्डाईले सार्वजनिक ग-याे ७०० किमी रेन्ज दिने हाइड्रोजन इलेक्ट्रिक कार नेक्सो

हुन्डाईले सार्वजनिक ग-याे ७०० किमी रेन्ज दिने हाइड्रोजन इलेक्ट्रिक कार नेक्सो

हुन्डाईले सियोल मोबिलिटी शोमा आफ्नो नयाँ हाइड्रोजन फ्युल सेल इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...