अटोमोबाइल क्षेत्रको समग्र अवस्था र नाडा गतिविधि वारेमा अध्यक्ष दुलालसँग गरिएको कुराकानी
नेपालमा सवारी साधन र यससँग सम्बन्धित विभिन्न पार्ट्स तथा एसेसरिजहरुको...
काठमाडौं– नाडा अटोमोवाइलल्स एशोसिएशन अफ नेपालले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथलाई ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा वुधवार आयोजित एक कार्यक्रमका बिच नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट अध्यक्ष ध्रुव थापाले ट्राफिक ब्यवस्थापनका लागि प्रयोग गरिने सामाग्री हस्तान्तरण गरेका हुन् ।
ट्राफिक ब्यवस्थापनको लागि आवश्यक पर्ने १ सय थान फ्लोरोसेन्ट ज्याकेट तथा सिसी टिभी मोनिटरिङलाई थप प्रभावकारी रुपमा सन्चालन गर्न ५ थान कम्युटरको सिपियू, ५ थान किबोर्ड र ५ थान माउस हस्तान्तरण गरिएको हो ।
सामाग्री हस्तान्तरणका क्रमममा अध्यक्ष थापाले ट्राफिक जनचेतना अभिवृद्धीका साथै सवारी दुर्घटना न्युनीकरणका लागि ट्राफिक प्रहरीसँग निरन्तर रुपमा सहकार्य गर्दै नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल भविष्यमा पनि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
ट्राफिक ब्यवस्थापन सामाग्री हस्तान्तरण पश्चात काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायव महानिरीक्षक मीरा चौधरीले नाडाका अध्यक्ष ध्रुव थापा लगायत अन्य पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गरिन ।
साथै, बढ्दो ट्राफिक समस्या समाधान तथा न्युनिकरणको लागि नाडा तथा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय बिच भविष्यमा पनि थप योजनाहरु बनाई समन्वयात्मक रुपमा अगाडी बढ्ने सहमति भएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।
नेपालमा सवारी साधन र यससँग सम्बन्धित विभिन्न पार्ट्स तथा एसेसरिजहरुको...
काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडाका अध्यक्ष डा. धु्रव थापाको...
काठमाडौं–नाडा अटो शोलाई यसपटक यति धेरै चर्चामा केहीले ल्याएको छ भने त्यो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...