केटीएम १२५, २५० र ३९० ड्युकको विश्वव्यापी रिकल, नेपालमा छैन समस्या
केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...
काठमाडौं – नेपाली बजारमा भित्रिएको नयाँ २०२३ मोडलको केटीएम २५० एड्भेन्चरको मज्जा लिन सकिने भएको छ । आगामी शनिबार दक्षिणकालीको हात्तिबन रिसोर्टमा सो अनुभव लिन सकिने छ ।
नेपालका लागि केटीएमको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले सो बाइकमार्फत एड्भेन्चर क्वेस्ट, एड्भेन्चर ट्रेल र एड्भेन्चर फिल गराउने गरी एक इभेन्टको आयोजना गर्ने बताएको छ ।
टु ह्लिमा रुचि राख्ने राइडरहरुका लागि आयोजना गरिने सो इभेन्ट अन्तर्गत लक्की विनरलाई आकर्षक गिफ्ट ह्याम्पर समेत प्रदान गरिने कम्पनीको भनाइ छ ।
सो अवसरमा एरो, सेना र केवाईटी हेल्मेटका साथै कवच, दुई पांग्रा र म्याक्सिस, एपोलो तथा युरोग्रिप टायरको समेत स्टल हुनेछ ।
यस्तो छ केटीएम २५० एड्भेन्चर
पहिले ८ लाख २० हजार मूल्य रहेकोमा अहिले यो बाइकको मूल्य ७० हजार कम भएर ७ लाख ५० हजार मात्र तोकिएको छ । सो बाइक इलेक्ट्रोनिक अरेन्ज र फ्याक्ट्री रेसिङ ब्लु कलरमा उपलब्ध छ । कलर र ग्राफिक्स बाहेक यसमा अन्य कुनै परिमार्जन गरिएको छैन ।
सो बाइकमा २४८ सीसी सिंगल सिलिन्डर लिक्विड कुल्ड इन्जिन समावेश गरिएको छ । जसले ९००० आरपीएमा ३० एचपी पावर र ७५०० आरपीएममा २४ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पिड गियरबक्स समावेश गरिएको छ ।
केटीएम २५० एड्भेन्चरमा डब्ल्युपी एपेक्स सेटको सस्पेन्सन प्रयोग गरिएको छ । पछाडिको सक एब्जर्बरमा मिलाउन मिल्ने प्रिलोडका साथ १७७ एमएम ट्राभल रेन्ज हुन्छ भने डब्ल्युपी एपेक्स अपसाइड डाउन ४३ एमएम अगाडिको १७७ एमएम ट्राभल रेन्ज हुन्छ ।
यसमा हेभी ड्युटी कास्ट ह्विल र ट्राभल स्पेसिफिक ट्युबलेस टायर छ भने यसले हरेक अवस्थामा उत्कृष्ट ड्याम्पिङ प्रदान गर्छ । ब्रिम्बोद्वारा निर्मित अत्याधुनिक ब्रेकमा ४ पिस्टन रेडियल्ली माउन्टेड क्यालिपरका साथ २३० एमएम रियर डिस्क ब्रेक र ठूलो ३२० एमएम फ्रन्ट डिस्क ब्रेक छ ।
बोसको अत्याधुनिक एबीएस सिस्टमले यसमा अफरोड मोड थप गरेको छ । यसकारण जस्तोसुकै सडकमा पनि सहज तरिकाले चलाउन सकिन्छ ।
बीएस६ मापदण्डयुक्त इन्जिन र १४.५ लिटरको इन्धन ट्यांकी सहितको एड्भेन्चर बाइकलाई नेपालका विभिन्न भुभागमा सहज तरिकाले चलाउन सहयोग हुने कम्पनीको भनाइ छ ।
केटीएमले ड्युक सिरिजका १२५, २५० र ३९० मोडलका मोटरसाइकललाई विश्वभरबाट...
इटालीको प्रसिद्ध कम्पनी डुकाटीले दुबईको बुर्ज खलिफामा भइरहेको यस वर्षको...
काठमाडौं–केटिएमले हालसालै लन्च गरेको नयाँ मोटरसाइकल ३९० इन्डुरो आर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...