महंगो भयो हुन्डाइ क्रेटा, अव सवै भेरिएन्टमा ६ एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर

हुन्डाइले आफ्नो लोकप्रिय एसयूभी क्रेटालाई आरडिई(रियल ड्राइभिङ इमिसन) र ई२० इन्जिन सहित अपडेट गरेको छ । भारतमा यसै वर्षको अप्रिल देखी आरडीई मापदण्डलाई अनिवार्य गर्न लागेपछि हुन्डाईले क्रेटामा यस्तो अपडेट गरेको हो । साथै उसले सेफ्टि र अन्य फिचरमा समेत केही परिमार्जन गरेको छ । अपडेट भएसंगै यो एसयूभीको मूल्य ४५ हजार भारुसम्मले महंगो भएको छ ।

ग्राहकले अव क्रेटाको पेट्रोल भेरिएन्टलाई २० प्रतिशत इथानोल व्लेन्ड गरेर चलाउन सक्नेछन् । यसको इन्जिन लाइन अप अर्थात आउटपुट फिगरमा भने कुनै परिमार्जन गरिएको छैन । ई२० कम्पलायन्टका लागी यसको फ्यूल सिस्टम र इन्जिन क्यालिव्रेसनमा भने केही परिमार्जन गरिएको छ ।

ग्राहकले अव क्रेटाको सवै भेरिएन्टमा ६ वटा एयर व्याग र आइडल स्टार्ट–स्टप फिचर पाउनेछन् । आइडल स्टार्ट– स्टप फिचरका कारण यो एसयूभीले प्रदान गर्ने माइलेजमा सुधार आउने देखिएको छ । यी वाहेक यसको सवै भेरिएन्टमा इलेक्ट्रिोनिक स्टाविलिटी कन्ट्रोल(इएससी) भिएसएम, हिल एसिस्ट, रियर डिस्क व्रेक, सिटवेल्ट हाइट एड्जस्टमेन्ट र रियर सिटलाई ६०ः४० मा स्प्लिट एवं फोल्ड गर्न मिल्ने जस्ता फिचर पाउन सकिन्छ । यसअघि यी फिचर एसएक्स भन्दा माथीको भेरिएन्टमा मात्र उपलब्ध रहँदै आएको थियो ।

नयाँ मापदण्ड लागु हुने मिती नजिकिएसंगै कम्पनीले यसअघि भेन्यू र अल्काजार एसयूभीमा यस्तो अपडेट गरिसकेको छ । यो नयाँ मापदण्डका कारण उसले क्रेटाको एस ट्रिम अन्तर्गत १.५ लिटर पेट्रोल इन्जिनको आइएमटी भेरिएन्टलाई भने वन्द गर्ने भएको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईका करोड बढी मूल्यका एसयूभी, सबैभन्दा महंगो प्यालिसेडको मूल्य २ करोड २५ लाख ९६ हजार

हुन्डाईका करोड बढी मूल्यका एसयूभी, सबैभन्दा महंगो प्यालिसेडको मूल्य २ करोड २५ लाख ९६ हजार

हुन्डाई नेपाली बजारमा सर्बाधिक बिक्री हुने मध्येको एक ब्रान्ड हो ।...

१८ मिनेटमै चार्ज हुने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ : नेपालमा समेत प्रतीक्षा

१८ मिनेटमै चार्ज हुने हुन्डाईको इलेक्ट्रिक कार आयोनिक ५ : नेपालमा समेत प्रतीक्षा

दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाईले हाल इलेक्ट्रिक एसयूभी कोना...

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपाली बजारमा हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलव्ध हुने, बुकिङ शुरु

नेपालका लागि हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...