नेपाल आउने तयारीमा रहेका दुई युरोपियन कारले पायो ५ स्टार रेटिङ
युरोपियन ब्रान्ड फक्सवागन र स्कोडाले भारतमा निर्माण गरेको दुई नयाँ कारले...
फक्सवागन गाडीको नेपालका लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपाल प्रालिले आजदेखी लागु हुने गरी ‘स्विच टु प्रिमियम कार कल्चर’ नामक एक्सचेन्ज योजना लागु गरेको छ । आफुसंग भएको पुरानो गाडीलाई साटेर नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरुका लागि कम्पनीले देशव्यापी रूपमा एक्सचेन्ज अफर शुरू गरेको हो ।
आफ्नो पुरानो गाडी साटेर नयाँ फक्सवागनको गाडी खरिद गर्ने ग्राहकहरुले पुरानो गाडीमा बजारमा पाउने मूल्यांकन भन्दा राम्रो मूल्यांकन दिईने कम्पनिको दाबी छ । यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन् । साथै निशुल्क एक्सेसरिजहरू, फक्सवागनका ग्राहकलाई विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ । यसका साथै ३ जना भाग्यसाली ग्राहकले लक्जरी रिसोर्टको स्टेकेशन पनि जित्न सक्नेछन् ।
हाल नेपालमा फक्सवागनका पोलो, टाइगुन, अलस्पेस र ट्वारेग लगायत गाडीहरु उपलब्ध छन् । यी गाडीमा १ वर्ष वा १५,००० किलोमिटरमा सर्भिसिङ गर्दा हुने भएकाले ग्राहकहरुको समय र खर्च वचत गराउन मद्धत गर्ने कम्पनीको भनाई छ । यसको साथै २ वर्षको अनलिमिटेड किलोमिटर वारेन्टि र प्रत्येक कारमा ३ वर्षको पेन्ट वारेन्टी उपलब्ध गराउँदै आएको छ ।
पूजा इन्टरनेशनल नेपालले विगत १२ वर्षदेखि नेपालमा फक्सवागनका गाडीको बिक्री र वितरण गर्दै आएको छ । आधुनिक डिजाइन, आराम र विलासिताको साथै सुरक्षा मापदण्डका हिसाबले उत्कृष्ट भएका कारण नेपालमा बिक्री वितरण सुरू भएदेखि नै फक्सवागन नेपाली कार पारखीहरूका बीचमा निकै लोकप्रिय ब्रान्डको रूपमा स्थापित भएको छ ।
युरोपियन ब्रान्ड फक्सवागन र स्कोडाले भारतमा निर्माण गरेको दुई नयाँ कारले...
फक्सवागनको बहुप्रतीक्षित एसयूभी टाइगुन आगामी सेप्टेम्बर २३ अर्थात असोज ७...
नेपालमा फेस्टिभल सिजन सुरुवात भएसँगै सवारी बजारको मुख्य सिजन समेत शुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...