नयाँ भेन्युमा केही समय सयर गर्दा…….(टेस्ट ड्राइभ अनुभव)

हुन्डाईको सव कम्प्याक्ट एसयूभी भेन्यु नयाँ डिजाइनका साथ नेपाल आएको छ । फेसलिफ्ट मोडलका रुपमा आएको नयाँ भेन्युलाई हुन्डाईले एक्सटेरियर र इन्टेरियर दुवै भागमा व्यापक परिमार्जन गरेर बजारमा ल्याएको हो । यो नयाँ एसयूभी पहिलेको तुलनामा थप स्पोर्टी, लक्जरियस र फिचर लोडेड भएर आएको छ ।

नयाँ भेन्यु नेपाल आएसँगै हामीले यसको १.२ लिटर पेट्रोल इन्जिनको एसएक्स भेरिएन्टलाई टेष्ट ड्राइभ गरेका छौ । टेष्ट ड्राइभका क्रममा यसको लुक्स तथा डिजाइन तारिफयोग्य रहेको पाइयो भने गाडीको क्याविन एकदमै आरामदायी र सुविधासम्पन्न महसुस गरियो । सन् २०१९ मै आएको पुरानो मोडललाई अपग्रेड गरिएको भएपनि यो नयाँ मोडलले विल्कुलै ब्रान्ड न्यु एसयूभीको फिल गराएको थियो ।

नयाँ भेन्युलाई देख्ने वित्तिकै यसको परिमार्जन गरिएको फ्रन्ट फेसिया, साइड प्रोफाइल र रियर भ्यूले हामीलाई शुरुवातमै आकर्षित गरेको थियो । यसको फ्रन्टमा दिइएको चौडा आकारको पारामेट्रिक डार्क क्रोम ग्रिलले हुन्डाईकै प्रिमियम एसयूभी प्यालिसेडको झल्को दिन्छ । उक्त क्रोमको बीच भागमा दिइएको भेन्यु व्याज आकर्षक देखिएको छ । रिडिजाइन गरिएको एलईडी डीआरएलसँगै एलईडी प्रोजेक्टर हेडल्याम्प दिइएको यो एसयूभीमा फगल्याम्प भने हटाइएको छ ।

यसको साइड प्रोफाइलमा खासै परिमार्जन गरिएको छैन । यद्यपि गाडीको सवै भागमा दिइएको ब्ल्याक क्लेडिङ, वि पिल्लरमा ब्ल्याक फिनिसिङ, सिल्भर कलरको रुफ रेल र १५ इन्चको आकर्षक अलोय ह्विलले स्पोर्टी फिल गराएको थियो । यसैगरी रियरमा दिइएको कनेक्टिङ एलईडी टेललाइट र स्किड प्लेटले यो गाडीको पछाडिको भागलाई थप स्पोर्टी वनाएको छ ।

यसको क्याविन भित्र पनि प्रशस्तै अपग्रेड गरिएको छ । यो नयाँ एसयूभीमा पहिलोपटक पूर्ण डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर दिइएको छ भने ड्राइभलाई थप रोमाञ्चक बनाउन स्पोर्ट्स, नर्मल र इको ड्राइभिङ मोड दिइएको छ । यसको ड्राइभर सिटलाई ६ तवरबाट इलेक्ट्रोनिकल्ली एडजस्ट गर्न मिल्छ । साथै क्याविनको धेरै भागमा रिफ्रेस गरिएको छ ।

नयाँ भेन्युको ड्यासवोर्ड डयुअल टोन कलरमा आधारित छ । यसको सिट समेत डयुअल टोनमा निर्माण गरिएको छ भने टिल्ट एड्जस्ट स्टेयरिङ ह्विलमा लेदर वेरिएको छ । स्टेयरिङ ह्विलमा सिल्भर एसेन्ट थप गरिएको कारण यसले थप प्रिमियमनेसको फिल गराउँछ । यो एसयुभीमा फराकिलो बुट स्पेस सहितको स्प्लिट सिट दिइएको छ भने कप होल्डर सहितको रियर सेन्टर आर्मरेस्ट, दुई वटा रियर युएसबी चार्जर, टु स्टेप रियर रिक्लाइनिङ सिट, एर्गोनोमिकल्ली डिजाइन गरिएको सुविधाजनक चालक सिट, ८ इन्चको इन्फोटेनमेन्ट सिस्टम, कुल्ड ग्लोभ बक्स, वायरलेस फोन चार्जर, डयुअल टोन क्लाइमेट कन्ट्रोल एसी र स्मार्ट सनरूफ लगायतका सुविधा पाउन सकिन्छ । यसमा दिइएको सनरुफ भने केही छोटो भएको महसुस हुन्छ ।

नयाँ भेन्युमा अमेजन एलेक्सा र गुगल भ्वाइस एसिस्ट सहितको ‘होम टु कार कनेक्टिभिटी’ फिचर पाउन सकिन्छ । साथै यसमा ब्लुलिंक कनेक्टिभिटी र ६० भन्दा वढी कनेक्टिङ फिचर पाउन सकिन्छ । यसमा एम्बिएन्ट साउन्ड्स अफ नेचरका रूपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । त्यस्तै ६ वटा एयरब्याग, रियर पार्किङ असिस्ट क्यामरा, अटोमेटिक हेडल्याम्प र हेडल्याम्प इस्कर्ट फङसन, कर्नरिङ ल्याम्प्स, टायर प्रेसर मनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, भेइकल स्टेबिलिटी म्यानेजमेन्ट र हिल असिस्ट कन्ट्रोल लगायत फिचरले यो नयाँ एसयूभीलाई सुरक्षित वनाएकोमा निश्चिन्त वन्न सकिन्छ ।

यसमा जडान गरिएको १.२ लिटर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ८३ पीएस पावर र ११४ एनएम टर्क जेनेरेट गर्ने वताइएको छ । यो नयाँ एसयूभी ई, एस र एसएक्स गरी कुल तीन भेरिएन्टमा नेपाल आएको हो । जसको मूल्य क्रमश ३९ लाख ९६ हजार, ४५ लाख ९६ हजार र ५५ लाख ९६ हजार निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

लोकेश वज्रचार्यले जिते ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ मा आई२० कार

लोकेश वज्रचार्यले जिते ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ मा आई२० कार

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको...

लक्ष्मी ग्रुपले बिक्री गर्ने सबै कार एकै छानामुनी अवलोकन गर्न पाइने, ‘लक्सपेरिएन्स’ आयोजना हुँदै

लक्ष्मी ग्रुपले बिक्री गर्ने सबै कार एकै छानामुनी अवलोकन गर्न पाइने, ‘लक्सपेरिएन्स’ आयोजना हुँदै

लक्ष्मी अटोमोटिभ डिभिजनले एक विशेष पारिवारिक कार्यक्रम गर्ने भएको छ ।...

हुन्डाई आयोनिक३ सार्बजनिक, यस्तो छ युरोपेली बजार लक्षित नयाँ विद्युतीय एसयूभी

हुन्डाई आयोनिक३ सार्बजनिक, यस्तो छ युरोपेली बजार लक्षित नयाँ विद्युतीय एसयूभी

हुन्डाईले आफ्नो नयाँ विद्युतीय एसयूभी आयोनिक३ सार्बजनिक गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...