बजेट निर्माण गर्दा अटोमोबाइल व्यवसायीसँग छलफल गर्ने अर्थमन्त्रीको आश्वासन

अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका प्रतिनिधीले अर्थमन्त्री विष्णु पौडलसँग भेट गरेका छन् । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको पदाधिकारी सहतिको प्रतिनिधी मण्डलले सोमवार पौडेलसँग भेट गरी अटोमोबाइल क्षेत्रका समसामयिक समस्याहरुका विषयमा छलफल गरेका हुन् ।

सो छलफलको क्रममा मन्त्री पौडेलले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरेको सन्दर्भमा त्यसबारे आउदो बजेट सम्बन्धी छलफलमा नाडालाई बोलाई त्यसबारे छलफल गर्ने आश्वासन दिए । अध्यक्ष थापाले सवारी साधनहरुलाई सरकारले विलाशीताको बस्तुमा बर्गिकरण गरी सोही अनुरुप नीतिहरुको निर्माण भईरहेको गुनासो गर्दे सवारी साधनहरुलाई सो बर्गिकरणबाट हटाउन आग्रह गर्दा मन्त्री पौडेलबाट यस्तो प्रतिक्रिया आएको हो ।

त्यसैगरी थापाले नेपाल राष्ट्र बैंकका अन्य केही नीतिहरुका कारण अटोमोबाइल व्यवसायीहरु आफनो व्यवसायबाटै पलायन हुनु पर्ने अवस्था कायमै रहेको, लाखौको संख्यामा रहेका कर्मचारी तथा मजदुरहरुले आफनो रोजगारी गुमाउनु परेको, नेपालका भन्सार नाकाहरुमा ६ महिना देखि ३ हजार हाराहारी सवारी साधनहरुको भन्सार जाँचपास हुन नसकेको विषय उठाएका थिए ।

व्यवसायीले मन्त्रि समक्ष अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गरिनु पर्ने, सुस्ताएको अटोमोवाइल व्यवसायलाई गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको हायर प्रचेज लोन प्रवाह गर्ने प्रकियामा हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरिनु पर्ने र चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यावहारिक बुंदाहरुको संशोधनका लागि समेत अनुरोध गरेका थिए ।

नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतिले नेपालमा भारतसंगको व्यापारलाई सहज बनाउन र भारतिय लगानीलाई आकर्षित गर्न इण्डियन इकोनोमिक जोन स्थापना गरिनु पर्ने, नेपालमा सवारी साधन एसेम्बलिङ्ग उद्योग जस्तैै अटोमोवाइल स्पेयर पार्टस उद्योगको प्रशस्त संभावना देखिएकोले यस क्षेत्रमा लगानी आकर्षित गर्न र यस्तो उद्योग खोल्नका लागि प्रोत्साहित गर्न कृषि र पर्यटन उद्योगहरुलाई जस्तै सुविधा प्रदान गर्ने व्यवस्थाका लागि समेत आग्रह गरे ।

उक्त भेटघाट तथा छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्वय निराकार श्रेष्ठ, आकाश गोल्छा, बरदान बस्नेत, र सोहन श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचारहरू

नाडा अटो शो–२०२६ भदौ ९ देखी हुने, स्टल वुकिङ खुल्ला

नाडा अटो शो–२०२६ भदौ ९ देखी हुने, स्टल वुकिङ खुल्ला

काठमाडौं–नाडा अटो शोको १८ औं संस्करण आगामी भदौ ९ देखी १४ गतेसम्म हुने भएको...

करिव १ लाख ५० हजार पुगे अटो शोका दर्शक, विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न

करिव १ लाख ५० हजार पुगे अटो शोका दर्शक, विभिन्न विषयमा अन्तरक्रिया सम्पन्न

काठमाडौं – नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस...

अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

अटो शोमा नेपालमै बनेका ब्याट्री र लुब्रिकेन्ट्सदेखी विभिन्न ब्रान्डका कम्पोनेन्ट

काठमाडौं–भोलीदेखी सुरु हुने नाडा अटो शोमा सवारीसाधनसंगै विभिन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...