हुन्डाइले लन्च गर्यो कम्प्याक्ट सेडान औराको फेसलिफ्ट, यस्तो छ मूल्य र फिचर

हुन्डाई मोटर्स इण्डियाले कम्प्याक्ट सेडान औराको फेसलिफ्ट लन्च गरेको छ । पेट्रोल र सिएनजी दुवै भर्सनमा लन्च भएको यसको पेट्रोल वेस भेरिएन्टको मूल्य ६ लाख २९ हजार भारु निर्धारण गरिएको छ भने टप भेरिएन्टको ८ लाख ७३ हजार तोकिएको छ । हुन्डाइले भारतमा यसको वुकिङ यसै महिनाको शुरुवातदेखी खुल्ला गरेको थियो ।

यो फेसलिफ्ट मोडलको फ्रन्टमा हुन्डाइले धेरै भागमा रिफ्रेस गरेको छ । यसमा नयाँ एल आकारको एलइडी डिआरएलएस दिइको छ भने पछाडीको भागमा कुनै परिवर्तन गरिएको छैन । कारको इन्टेरियरमा खासै परिवर्तन नगरिएपनि सिटमा नयाँ अपहोलेस्ट्रि, लेदरले वेरिएको स्टेरिङ ह्विल र फुटवेल एरियामा नयाँ कलर थप गरिएको छ ।

यसको पावरट्रेन रेगुलर मोडलबाटै लिइएको छ । कारमा जडान गरिएको १.२ लिटर पेट्रोल इन्जिनले ८३ एचपी पावर र ११४ एनएम टर्क जेनेरेट गर्छ । यो कार ५ स्पिड म्यानुअल र एएमटी ट्रान्ससिमनमा उपलब्ध छ । हुन्डाइले यसअघि उपलब्ध रहँदै आएको यसको १.० लिटर टर्वो पेट्रोल इन्जिनलाई भने वन्द गरेको छ ।

यो कार ई, एस, एसएक्स,एसएक्स(ओ) र एसएक्स प्लस गरी कुल ५ ट्रिममा उपलब्ध रहेको छ । कारमा ४ वटा एयरव्याग, एविएस र इविडीलाई सवै भेरियन्टमा अनिवार्य गरिएको छ । यसको टप भेरिएन्टमा भने ६ वटा एयरव्याग, एएससी। आइएसओएफआईएक्स, हिलहोल्ड एसिस्ट र अटोमेटिक हेडल्याम्प लगायत अतिरिक्त फिचर्स पाउन सकिन्छ ।
कारमा ८ इन्चको टचस्क्रिन, रियर एसी भेन्ट, एड्जस्ट गर्न मिल्ने रियर हेडरेस्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जर, टाईप सी चार्जिङ पोर्ट र सुधार गरिएको ३.५ इन्च इन्स्ट्रयूमेन्ट क्लस्टर उपलब्ध छ । यो कारले बजारमा टाटा टिगोर, होण्डा अमेज र मारुती सुजुकी डिजायर लगायत कारसंग प्रतिस्पर्धा गर्ने देखिन्छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईले घोषणा ग-यो ‘यसपालीको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको विजेता

हुन्डाईले घोषणा ग-यो ‘यसपालीको दशै तिहार वेलकम टु हुन्डाई परिवार’ अफरको विजेता

काठमाडौं – हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले...

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

जुलाई महिनामा दश प्रतिशतले बढ्यो भारतमा सवारीको बिक्री, मारुती सुजुकीको सबैभन्दा बढी

काठमाडौँ । भारतको फेडरेशन अफ अटोमोबाइल्स डिर्लसिप एशोसिएशनले २०२३ जुलाई...

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं भित्रियो नयाँ क्रेटा, लुक्स देखि नयाँ फिचरको आकर्षण (फोटोफिचर)

काठमाडौं – नेपाली बजारमा पहिले देखि नै उपलब्ध र धेरैले रुचाएको हुन्डाई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...