कम मूल्यमा मिनी इभी उतार्ने कियाको योजना, ४ वर्षमा १३ नयाँ इभी आउने
कोरियन अटो निर्माता कियाले इभी लाइनअपमा आफ्नो उत्पादन विस्तार गर्ने योजना...
भारतको नयाँ दिल्लीमा जारी अटो एक्सपो २०२३ मा कोरियन अटो निर्माता कियाले आधा दर्जन् बढी मोडलका कारहरु प्रदर्शन गरेको छ । कियाले फ्युचरिस्टिक डिजाइनको इभी९ कन्सेप्टदेखी पुलिस कारसम्म प्रदर्शनीमा राखेको हो ।
एक्सपोमा कियाले निकट भविष्यमा आउने तयारी भइरहेको नयाँ जेनेरेशन कार्निभल, कार्निभलमै आधारित एम्वुलेन्स, पुलिस कारको डेमो र विभिन्न प्रकारका किया मर्चेन्डाइजलाई समेत प्रदर्शनीमा राखेको छ । यसैगरी इभी६ को अल ह्विल ड्राइभ भेरिएन्ट, सेल्टोस जीटी लाइन र सेल्टोस एक्स लाइन सहित रेगुलर मोडल क्यारेन्स, सेल्टोस र सोनेटलाई समेत प्रदर्शनीमा राखेको छ ।
यसैवर्ष अन्तराष्ट्रिय बजारमा लन्च हुन गइरहेको इभी ९ लाई कियाले लगत्तै भारतीय बजारमा समेत उपलब्ध गराउने जनाएको छ । कियाले यो इभीमा ७७.४ किलोवाट आवरको व्याट्री प्याक जडान गरेको छ । यसको रेन्जका वारेमा भने कुनै जानकारी वाहिर आइसकेको छैन ।
८०० इलेक्ट्रिकल आर्किटेक्चरमा तयार भएको यो कारलाई ३५० किलोवाट सम्मको फास्ट चार्जरले २५ मिनेट भित्रमै १० देखी ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यसमा डुअल मोटर र फोर ह्विल ड्राइभ समेत उपलब्ध हुन सक्ने अनुमान लगाइएको छ ।
एक्सपोमा राखिएको पुसिल कार प्रहरीका लागि लक्षित गरी निर्माण गर्न लागिएको हो । यो कारमा १.५ लिटरको डिजेल इन्जिन जडान गरिएको छ भने यसको पावर ११३ विएचपी रहेको जनाइएको छ । यो डेमो कार फ्रेन्च पुलिसले प्रयोग गर्दै आइरहेको कारसंग मिल्दोजुल्दो रहेको छ ।
कोरियन अटो निर्माता कियाले इभी लाइनअपमा आफ्नो उत्पादन विस्तार गर्ने योजना...
कम्प्याक्ट एसयूभी किया सेल्टोस भारत तथा नेपालमा निकै रुचाइएको सवारी साधन...
कियाको पहिलो इलेक्ट्रिक कार ईभी६ सबैभन्दा सुरक्षित कारको सूचीमा परेको छ ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...