इंगेज होइन, यस्तो हुनेछ सुजुकीको नयाँ गाडीको नाम
केही दिन पहिले मारुती सुजुकीको नयाँ एमपीभीको नाम ‘इंगेज’ राखिने समाचार...
मारुती सुजुकीले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी ग्राण्ड भिटरलाई ‘थ्रि रो’ भर्सनमा उतार्ने भएको छ । सन् २०२५ सम्ममा बजारमा ल्याइसक्ने गरी यसमा काम अघि वढिसकेको कम्पनीले जनाएको छ ।
यो एसयूभीलाई सुजुकीले वाई१७ कोडनेम दिएर उत्पादन प्रक्रिया अघि बढाएको हो । जुन हाल कारोवार भइरहेको ग्राण्ड भिटरको एक्सपोर्ट भर्सन हुनेछ । बजारमा आएपछि यसको प्रतिस्पर्धा महिन्द्रा एक्सयूभी ७०० र टाटा सफारी लगायतसंग हुने अनुमान लगाइएको छ ।
यो नयाँ भर्सनमा सुजुकीले ग्राण्ड भिटराकै प्लेटफर्म र पावरट्रेनलाई शेयर गर्ने जनाइएको छ । थ्री सिट रो हुने कारण यसको ह्विल वेश भने स्ट्यान्डर्ड भिटराभन्दा केही लामो हुनेछ । यो एसयूभी पेट्रोल र पेट्रोल हाइव्रिड पावरट्रेनमा उपलव्ध हुनेछ । जसको उत्पादन सुजुकीले निकट भविष्यमा संचालनमा ल्याउने तयारी थालेको हरियाणास्थित नयाँ प्लान्टबाट हुनेछ । यो प्लान्टको क्षमता वार्षिक २ लाख ५० हजार युनिट कार उत्पादन गर्नसक्ने रहेको छ ।
हाल उपलब्ध ग्राण्ड भिटारामा लेयर्ड ड्यासबोर्ड, सेन्टर कन्सोल, एप्पल कारप्ले, एन्ड्रोइड अटो कनेक्टिभिटी सहितको ९ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, ठूलो एमआईडी भएको सेमी–डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा सिस्टम, हेड–अप डिस्प्ले, अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, इन्जिन स्टार्ट÷स्टप बटन, वायरलेस चार्जिङ डक, रियर एसी भेन्ट्स जस्ता फिचर उपलब्ध छ ।
नयाँ ग्रान्ड भिटारमा माइल्ड हाइब्रिड टेक्नोलोजी भएको १.५ लिटर ४ सिलिन्डर के१५सी डुअलजेट पेट्रोल इन्जिन छ । जसले ६००० आरपीएममा १०३ पीएसको पावर र ४४०० आरपीएममा १३५ एनएमको टर्क जेनेरेट गर्छ ।
केही दिन पहिले मारुती सुजुकीको नयाँ एमपीभीको नाम ‘इंगेज’ राखिने समाचार...
मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सेप्टेम्बर ३ मा...
मारुती सुजुकीले एक ७ सिटर प्रिमियम एसयूभी बजारमा उतार्ने तयारीका साथ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...