हुन्डाई ह्याप्पी मुभसँगको सहकार्यमा हेटौंडा ह्विल्सद्वारा बालबालिकालाई सामग्री प्रदान
हेटौंडा – हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा...
हुन्डाई मोटर्स इण्डियाले आफ्नो लोकप्रिय ह्याचव्याक कार ग्राण्ड आई१० निओसको फेसलिफ्ट मोडललाई सार्वजनिक गरेको छ । अटो एक्सपो शुरु हुनु २ दिन अगाडी सार्वजनिक भएको यो नयाँ मोडललाई कम्पनीले सो एक्सपोमा प्रदर्शन समेत गर्ने जनाएको छ । मूल्य सार्वजनिक नभए पनि कम्पनीले यसको वुकिङ भने खुल्ला गरेको छ ।
स्ट्यान्डर्ड मोडलको एक्सटेरियरलाई रिफ्रेस गरेर तयार पारिएको यो कारमा थुप्रै नयाँ फिचर थप गरिएको छ । यसको मेकानिकल पक्षमा भने कुनै परिवर्तन गरिएको छैन । यो नयाँ मोडललाई हुन्डाईले तीन भिन्न पावर ट्रेनमा उतारेको छ । यसको १.० लिटर टर्वो पेट्रोल भेरियन्ट भने यसअघि नै वन्द भैसकेको छ ।
यो नयाँ मोडलको एक्सटेरियरमा सवैभन्दा वढी परिमार्जन गरिएको छ । जसका कारण यो विल्कुलै नयाँ मोडल भएको भान हुन्छ । कारको फ्रन्ट वम्परमा व्ल्याक फिनिस सहितको ठूलो ग्रिल दिइएको छ । एलइडी टेल लाइट र एलइडी डिआरएलले कारको लुक्समा निखार दिएको छ । यसमा १५ इन्चको एलोई ह्विल जडान गरिएको छ । यो कार ६ भिन्न कलर अप्सनमा उपलब्ध हुनेछ ।
यो कारको इन्टेरियरमा खासै परिमार्जन नगरिएपनि नयाँ फिचर भने पर्याप्त मात्रामा थप गरिएको छ । यसको सिटमा खैरो रङको अपहोलस्ट्रि, लेदर वेरिएको स्टेरिङ ह्विल, फुटवेलमा नयाँ लाइटिङ र डोर ह्यान्डलमा मेटल फिनिस दिइएको छ । कारमा यसअघिकै ८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टमलाई निरन्तरता दिइएको छ भने रियर एसी भेन्ट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेसन चार्जर लगायत फिचर थप गरिएको छ ।
सेफ्टि फिचरको कुरा गर्नुपर्दा यसका ४ वाट एयर व्याग एविएस तथा इविडीलाई सवै भेरियन्टमा अनिवार्य गरिएको छ भने टप भेरियन्टमा ६ वटासम्म एयर व्याग, इलेक्ट्रिोनिक स्ट्याविलिटी कन्ट्रोल, आइएसओएफआइएक्स र रियर भ्यू मिररको अप्सन पाउन सकिन्छ ।
हेटौंडा – हेटौंडा ह्विल्सले हुन्डाईको ह्याप्पी मुभसँगको सहकार्यमा...
न्यु जेनेरेसन हुन्डाई भेन्यु २०२५ मा लन्च हुने अपेक्षा गरिएको छ र यसको...
काठमाडौं – हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...